-->

विश्वकप क्रिकेट लिग–२ मा नेपालले आज ओमानसँग खेल्दै

Nawalpurfm

नवलपुर,असोज २७ । ओमानमा चलिरहेको आईसीसी विश्वकप क्रिकेट लिग–२ शृङ्खला अन्तर्गत त्रिदेशीय एकदिवसीय खेलमा नेपालले आज घरेलु टोली ओमानसँग खेल्दैछ ।

यो खेल नेपाली समयअनुसार बिहान सवा ११ बजे अलअमिरातमा शुरु हुनेछ । ओमानमा अस्ति आइतबार भएको खेलमा क्यानडालाई २४ रनले हराउँदै नेपालले सुखद शुरुआत गरेको थियो ।

क्यानडासँगको खेलमा रोहित पौडेलले १०१ रनको शतकीय पारी खेलेका थिए ।

शीर्ष–४ बाट बाहिरिइसकेको नेपालका लागि एकदिवसीय मान्यता जोगाउन शीर्ष–६ भित्र पर्नु पर्नेछ । अहिले अंकतालिकामा नेपाल ३३ खेलबाट २६ अंकसहित छैटौँ स्थानमा छ भने ओमान २९ खेलबाट ३३ अंकसहित चौथो स्थानमा छ ।

त्यस्तै क्यानडा ३४ खेलबाट २५ अंकसहित सातौँ र यूएई ३२ खेलमा १९ अंकसहित आठौँ अर्थात् पुछारमा छ 

प्रतिकृया दिनुहोस
Nawalpurfm

नेपालले आज ओमानसँग विश्वकप क्रिकेट लिग–२ खेल खेल्दै

नवलपुर,असोज २७ । ओमानमा चलिरहेको आईसीसी विश्वकप क्रिकेट लिग–२ शृङ्खला अन्तर्गत त्रिदेशीय एकदिवसीय खेलमा नेपालले आज घरेलु टोली ओमानसँग खेल्दैछ

Nawalpurfm

रोहित पौडेलको ऐतिहासिक शतकसँगै नेपालले क्यानडालाई हरायो

नवलपुर,असोज २६ । आईसीसी क्रिकेट विश्वकप लिग–२ मा रोहित कुमार पौडेलको ऐतिहासिक शतकसँगै नेपालले क्यानडालाई २४ रनले पराजित गरेको छ । ओमानको अल

Nawalpurfm

नेपाली क्रिकेट टोली लिग २ को शीर्ष ४ मा नपर्ने पक्का

नवलपुर,असोज २४ । नेपाली क्रिकेट टोली आईसीसी विश्वकप क्रिकेट लिग–२ को शीर्ष ४ मा नपर्ने पक्का भएको छ । हिजो भएको लिग २ अन्तर्गतको खेलमा ओमानले

↑