बुढीगण्डकी बाढी : सरकारी सूचनाभन्दा स्थानीयको सतर्कता र सम्पर्क प्रभावकारी
नवलपुर,असोज २६ । गोरखाको बुढीगण्डकी नदीमा हिजो बाढी आएको खबर समयमै थाहा पाउन नसकेको सरकारले स्वीकार गरेको छ । बुढीगण्डकी नदीको आरुघाटभन्दा माथि जलसतह मापन यन्त्र नै नभएकाले बुढीगण्डकीको सहायक नदीमा बाढी आएको पूर्वसूचना प्राप्त गर्न ढिला भएको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।
सरकारी निकायले भन्दा पहिले नै स्थानीयबासिन्दाले सामाजिक सञ्जाल र फोनमार्फत बाढी आएको जानकारी दिएका थिए । स्थानीयबासिन्दाकै सतर्कता र आपसी सम्पर्कका कारण ठूलो मानवीय क्षति टरेको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको निष्कर्ष छ ।
डेढ महिनाअघि भदौ १० गते भोटेकोशीमा बाढी आउँदा पूर्वसूचनाका लागि राखिएका मापन केन्द्र नै बगाएको थियो । हिजो बाढी आएको गोरखाका उङ्गिलुङ र स्यारखोलामा भने त्यस्तो प्रणाली जडान नै गरिएको थिएन ।
हिजो बाढी आएको आधा घन्टापछि मात्रै प्राधिकरणको केन्द्रमा सूचना पुगेको र त्यसको थप आधा घन्टापछि एसएमएस पठाइएको थियो । सरकारले प्रवाह गरेको सूचना आरुघाटभन्दा तल्लो क्षेत्रका बासिन्दालाई मात्रै काम लागेको विश्लेषण छ । नदी थुनिएको ठाउँबाट नजिकको बस्ती सिर्दिबास फिलिम र घट्टे खोलाका बासिन्दाले जगतलगायत तल्लो क्षेत्रका बासिन्दालाई फोन र सामाजिक सञ्जालबाट सतर्क रहन खबर गरेका थिए ।
आकस्मिक रूपमा आउने बाढीबारे पूर्वजानकारी हुने संयन्त्र नभएको र बुढीगण्डकी नदीको जलसतह मापन गर्ने यन्त्र आरुघाट बजारमा मात्र रहेकाले बेलैमा सूचना पाउन नसकेको सरकारी निकायको भनाइ छ । उङ्गिलुङ खोलाबाट बगेको गेग्रानले स्यारखोला थुनिएर फुटेपछि बुढीगण्डकीमा लेदोसहितको ठूलो बाढी आएको विपद व्यवस्थापन प्राधिकरणको प्रारम्भिक अनुमान छ ।

बुढीगण्डकी बाढी : घट्टेखोलामा घर बगायो
नवलपुर,असोज २५ । बुढीगण्डकी नदीमा आइतबार बिहान एक्कासि बाढी आएको छ । बिहान करिब साढे चार बजेतिर बुढीगण्डकीमा बाढी आएपछि स्थानीय घर छाडेर भागेका छन्

पोखरामा स्कुल बस दुर्घटना हुँदा चार विद्यार्थीसहित पाँच जनाको ज्यान गयो
नवलपुर,असोज २३ । पोखरामा बिहान स्कुल बस दुर्घटना हुँदा चार जना विद्यार्थीसहित पाँच जनाको ज्यान गएको छ । १४ जना घाइते भएका छन् । पोखरा

बागलुङ र पर्वत जोड्ने मालढुङ्गा पुल दशैँअघि नै सञ्चालनमा ल्याइने
नवलपुर, असोज २१ । गएको असोज ११ गते कालीगण्डकी नदीमा आएको बाढीले क्षति पुर्याएको बागलुङ र पर्वत जोड्ने मालढुङ्गा पुल दशैँ अगाडि नै सञ्चालनमा









प्रतिकृया दिनुहोस