-->

बुढीगण्डकी बाढी :  घट्टेखोलामा घर बगायो

Nawalpurfm

नवलपुर,असोज २५ । बुढीगण्डकी नदीमा आइतबार बिहान एक्कासि बाढी आएको छ । बिहान करिब साढे चार बजेतिर बुढीगण्डकीमा बाढी आएपछि स्थानीय घर छाडेर भागेका छन् ।

बाढीले चुमनुब्री–३ घट्टेखोलाका घरहरू पनि बगाएको चुमनुब्री गाउँपालिकाकी उपाध्यक्ष लक्ष्मी गुरुङले बताइन् ।

अहिले स्थानीय ज्यान जोगाउन घर छाडेर हिँडेको र क्षतिको विवरण आइनसकेको उनले बताइन् । चुम्चेतको उङ्गीलुङ खोलामा पहिरो खसेर नदी थुनिँदा बाढी आएको हुन सक्ने अनुमान गरिएको छ ।

‘उङ्गीलुङ खोलामा पहिरो खसेको भन्ने छ, त्यहाँ पनि कोही जान सकेको छैन,’ उनले भनिन्, ‘पहिरो खसेर खोला थुनिने, बाढी आएको भन्ने छ ।’

नदीमा एक्कासि बाढी आएपछि माइकिङ गरेर बुढीगण्डकी नदीको तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा बस्न भनिएको प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस
Nawalpurfm

पोखरामा स्कुल बस दुर्घटना हुँदा चार विद्यार्थीसहित पाँच जनाको ज्यान गयो

नवलपुर,असोज २३ । पोखरामा बिहान स्कुल बस दुर्घटना हुँदा चार जना विद्यार्थीसहित पाँच जनाको ज्यान गएको छ । १४ जना घाइते भएका छन् । पोखरा

Nawalpurfm

बागलुङ र पर्वत जोड्ने मालढुङ्गा पुल दशैँअघि नै सञ्चालनमा ल्याइने

नवलपुर, असोज २१ । गएको असोज ११ गते कालीगण्डकी नदीमा आएको बाढीले क्षति पुर्‍याएको बागलुङ र पर्वत जोड्ने मालढुङ्गा पुल दशैँ अगाडि नै सञ्चालनमा

Nawalpurfm

बागलुङ र पर्वत जोड्ने मालढुङ्गा पुल दशैँअघि नै सञ्चालनमा ल्याइने

नवलपुर, असोज २१ । गएको असोज ११ गते कालीगण्डकी नदीमा आएको बाढीले क्षति पुर्‍याएको बागलुङ र पर्वत जोड्ने मालढुङ्गा पुल दशैँ अगाडि नै सञ्चालनमा

↑