-->

बागलुङ र पर्वत जोड्ने मालढुङ्गा पुल दशैँअघि नै सञ्चालनमा ल्याइने

Nawalpurfm

नवलपुर, असोज २१ । गएको असोज ११ गते कालीगण्डकी नदीमा आएको बाढीले क्षति पुर्‍याएको बागलुङ र पर्वत जोड्ने मालढुङ्गा पुल दशैँ अगाडि नै सञ्चालनमा ल्याउनेगरी काम भइरहेको छ ।

सडक डिभिजन कार्यालय पोखराले पुल दशैँ अघि नै सञ्चालनमा ल्याउने तयारीका साथ मर्मतको काम गरिरहेको जनाएको छ । अहिलेलाई बागलुङ बजार पुग्न वैकल्पिक मार्ग प्रयोगको व्यवस्था मिलाएको छ ।

मालढुङ्गा पुलको विकल्पमा मालढुङ्गा–बेनी हुँदै बागलुङ र पर्वतको फलेवास–जैमिनीघाट हुँदै बागलुङ मार्ग प्रयोग भइरहेको छ । एक सय १४ मिटर लामो पुलको पहुँचमार्गको झन्डै ३० मिटर सडकमा क्षति पुगेपछि १० दिनदेखि दुई जिल्लाबीचको सम्पर्क सहज बन्न सकेको छैन ।

शुरुमा सम्पर्कविच्छेद नै भए पनि अहिले भने वैकल्पिक मार्गबाट आवतजावत भइरहेको छ । अहिले मध्यपहाडी लोकमार्ग हुँदै बागलुङ, रुकुम, रोल्पाको सम्पर्क पनि टुटेको छ । सडक डिभिजन कार्यालय पोखराले पुल मर्मतकार्य २४सै घण्टा भैरहेको हुँदा अबका केही दिनमै सञ्चालनमा आउने जनाएको छ ।

यो एउटा पुलमात्रै नभएर बागलुङलाई राष्ट्रिय राजमार्गमा जोड्ने सेतु नै रहेको र भारत र चीनलाई जोड्ने कालीगण्डकी करिडोर तथा पहाडलाई छिचोलेको मध्यपहाडी लोकमार्गकै सङ्गमस्थल रहेको छ ।

सडक डिभिजन कार्यालयका प्रमुख हरि सुवेदीले चाडपर्व नजिकिँदै गएको तथा बागलुङमा खाद्यान्न, ग्यासलगायत उपभोग्य सामानको अभावसमेत देखिन थालेकाले २४सै घण्टा काम गरेर भए पनि छिटो पुल सञ्चालनमा ल्याउने प्रयास गरिएको जानकारी दिनुभयो ।  

प्रतिकृया दिनुहोस
Nawalpurfm

बागलुङ र पर्वत जोड्ने मालढुङ्गा पुल दशैँअघि नै सञ्चालनमा ल्याइने

नवलपुर, असोज २१ । गएको असोज ११ गते कालीगण्डकी नदीमा आएको बाढीले क्षति पुर्‍याएको बागलुङ र पर्वत जोड्ने मालढुङ्गा पुल दशैँ अगाडि नै सञ्चालनमा

Nawalpurfm

जीप सफारीमार्फत तनहुँका पर्यटकीय गन्तव्य जोड्ने तयारी

नवलपुर, असोज २१ । तनहुँका प्रमुख पर्यटकीय तथा धार्मिक गन्तव्यलाई जीप सफारीमार्फत एउटै पर्यटन सर्किटमा जोड्ने तयारी गरिएको छ । जिल्लामा पछिल्लो समय

Nawalpurfm

माटोको ढिस्कामा पुरिएका दुईको मृत्यु, एकजनाको उद्धार

नवलपुर,असोज १९ । निसीखोला गाउँपालिका–३ बोहरागाउँमा सडक निर्माणका क्रममा अचानक माटोको ढिस्को खस्दा पुरिएका तीन मजदुरमध्ये दुई जनाको मृत्यु भएको छ

↑