कांग्रेस उपसभापतिमा भण्डारी, आचार्य र चौधरी तथा महामन्त्रीमा पौडेल, राणा र संग्रौला
नवलपुर,असोज २६ । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट उपसभापतिमा चन्द्र भण्डारी, मधु आचार्य र विनोद चौधरी तथा महामन्त्रीमा प्रदीप पौडेल, उदयशमशेर राणा र डिला संग्रौला निर्वाचित हुनुभएको छ ।
खुला उपसभापतिमा भण्डारी ३ हजार ७३५ र आचार्य २ हजार ३४२ मतसहित विजयी हुनुभएको हो । यस्तै समावेशी उपसभापतिमा विनोद चौधरी चौधरीले १ हजार ७४५ मतसहित निर्वाचित हुनुभयो ।
महामन्त्रीको खुलातर्फ प्रदीप पौडेल ४ हजार १९४ र उदयशमशेर राणा २ हजार ३३० मतसहित निर्वाचित हुनुभएको छ । महिला महामन्त्रीमा डिला संग्रौला ९पन्त० ३ हजार ११८ मत प्राप्त गर्दै निर्वाचित हुनुभएको छ ।
यसअघि कांग्रेस सभापतिमा गगन थापा निर्वाचित भैसक्नुभएको छ । वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा र महिला उपसभापतिमा पुष्पा भुसाल निर्विरोध निर्वाचित हुनुभएको थियो । सहमहामन्त्रीको मतगणना भैरहेको छ ।

बुढीगण्डकी बाढी : सरकारी सूचनाभन्दा स्थानीयको सतर्कता र सम्पर्क प्रभावकारी
नवलपुर,असोज २६ । गोरखाको बुढीगण्डकी नदीमा हिजो बाढी आएको खबर समयमै थाहा पाउन नसकेको सरकारले स्वीकार गरेको छ । बुढीगण्डकी नदीको आरुघाटभन्दा माथि जलसतह

आरुघाटको पुल बगायो, १ सय ५० घरमा क्षति
नवलपुर,असोज २५ । बाढीले धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–२ र गोरखाको आरुघाट गाउँपालिका–९ जोड्ने पक्की पुल बगाएको छ । पुल बगाएपछि दुई
-17867863412026-10-11-08-26-24.jpeg)
आजदेखि शनिबारसम्म काठमाण्डौका विभिन्न ६ ठाउँमा जुनसुकै सिलिन्डर साट्न पाइने
नवलपुर,असोज २५ । आजदेखि आउँदो शनिबार फूलपातीसम्म उपभोक्ताले जुनसुकै कम्पनीका ग्यास सिलिन्डर काठमाण्डौ उपत्यकाका विभिन्न ६ ठाउँबाट साट्न पाउने भएका









प्रतिकृया दिनुहोस