-->

आरुघाटको पुल बगायो, १ सय ५० घरमा क्षति

Nawalpurfm

नवलपुर,असोज २५ । बाढीले धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–२ र गोरखाको आरुघाट गाउँपालिका–९ जोड्ने पक्की पुल बगाएको छ । पुल बगाएपछि दुई पालिकाबीचको आवागमन अवरुद्ध भएको छ भने गोरखासँगको सम्पर्कसमेत टुटेको छ ।
त्रिपुरासुन्दरी गाउँपालिकाका अध्यक्ष राजु उप्रेतीका अनुसार त्यस क्षेत्रको घरमा पसेको बाढीले करिब १५० घरमो क्षति पुगेको छ । बाढीले घरहरूमा क्षति पुर्याउनुका साथै दुई पालिकालाई जोड्ने मुख्य पुलसमेत बगाएको छ । हाम्रो मुख्य पुल नै बाढीले बगाएपछि गोरखासँगको सम्पर्कसमेत टुटेको छ । 
पुल बगाएपछि स्थानीय बासिन्दालाई आवतजावतमा समस्या भएको छ । बाढीबाट प्रभावित घरपरिवारको क्षति र पुल बगाउँदा भएको भौतिक क्षतिको विस्तृत विवरण आउन बाँकी छ ।

प्रतिकृया दिनुहोस
Nawalpurfm

आजदेखि शनिबारसम्म काठमाण्डौका विभिन्न ६ ठाउँमा जुनसुकै सिलिन्डर साट्न पाइने

नवलपुर,असोज २५ । आजदेखि आउँदो शनिबार फूलपातीसम्म उपभोक्ताले जुनसुकै कम्पनीका ग्यास सिलिन्डर काठमाण्डौ उपत्यकाका विभिन्न ६ ठाउँबाट साट्न पाउने भएका

Nawalpurfm

आजदेखि देशभरको मौसममा सुधार

नवलपुर,असोज २५ । मौसम पूर्वानुमान महाशाखाले आजदेखि देशभरको मौसममा सुधार आउने जनाएको छ । गएको बुधबार, बिहीबार र शुक्रबार देशका धेरैजसो ठाउँमा

Nawalpurfm

आज बडादशैँ शुरु घरघरमा घटस्थापना गरिँदै

नवलपुर,असोज २५ । यस वर्षको बडादशैँ आजदेखि शुरु भएको छ । अशोज शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म १५ दिन धूमधामका साथ दशैँ मनाउने गरिन्छ । बडादशैँको

↑