-->

बुढीगण्डकी बाढी : सरकारी सूचनाभन्दा स्थानीयको सतर्कता र सम्पर्क प्रभावकारी

Nawalpurfm

नवलपुर,असोज २६ । गोरखाको बुढीगण्डकी नदीमा हिजो बाढी आएको खबर समयमै थाहा पाउन नसकेको सरकारले स्वीकार गरेको छ । बुढीगण्डकी नदीको आरुघाटभन्दा माथि जलसतह मापन यन्त्र नै नभएकाले बुढीगण्डकीको सहायक नदीमा बाढी आएको पूर्वसूचना प्राप्त गर्न ढिला भएको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।

सरकारी निकायले भन्दा पहिले नै स्थानीयबासिन्दाले सामाजिक सञ्जाल र फोनमार्फत बाढी आएको जानकारी दिएका थिए । स्थानीयबासिन्दाकै सतर्कता र आपसी सम्पर्कका कारण ठूलो मानवीय क्षति टरेको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको निष्कर्ष छ ।

डेढ महिनाअघि भदौ १० गते भोटेकोशीमा बाढी आउँदा पूर्वसूचनाका लागि राखिएका मापन केन्द्र नै बगाएको थियो । हिजो बाढी आएको गोरखाका उङ्गिलुङ र स्यारखोलामा भने त्यस्तो प्रणाली जडान नै गरिएको थिएन ।

हिजो बाढी आएको आधा घन्टापछि मात्रै प्राधिकरणको केन्द्रमा सूचना पुगेको र त्यसको थप आधा घन्टापछि एसएमएस पठाइएको थियो । सरकारले प्रवाह गरेको सूचना आरुघाटभन्दा तल्लो क्षेत्रका बासिन्दालाई मात्रै काम लागेको विश्लेषण छ । नदी थुनिएको ठाउँबाट नजिकको बस्ती सिर्दिबास फिलिम र घट्टे खोलाका बासिन्दाले जगतलगायत तल्लो क्षेत्रका बासिन्दालाई फोन र सामाजिक सञ्जालबाट सतर्क रहन खबर गरेका थिए ।

आकस्मिक रूपमा आउने बाढीबारे पूर्वजानकारी हुने संयन्त्र नभएको र बुढीगण्डकी नदीको जलसतह मापन गर्ने यन्त्र आरुघाट बजारमा मात्र रहेकाले बेलैमा सूचना पाउन नसकेको सरकारी निकायको भनाइ छ । उङ्गिलुङ खोलाबाट बगेको गेग्रानले स्यारखोला थुनिएर फुटेपछि बुढीगण्डकीमा लेदोसहितको ठूलो बाढी आएको विपद व्यवस्थापन प्राधिकरणको प्रारम्भिक अनुमान छ । 

प्रतिकृया दिनुहोस
Nawalpurfm

कांग्रेस उपसभापतिमा भण्डारी, आचार्य र चौधरी तथा महामन्त्रीमा पौडेल, राणा र संग्रौला

नवलपुर,असोज २६ । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट उपसभापतिमा चन्द्र भण्डारी, मधु आचार्य र विनोद चौधरी तथा महामन्त्रीमा प्रदीप पौडेल, उदयशमशेर

Nawalpurfm

आरुघाटको पुल बगायो, १ सय ५० घरमा क्षति

नवलपुर,असोज २५ । बाढीले धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–२ र गोरखाको आरुघाट गाउँपालिका–९ जोड्ने पक्की पुल बगाएको छ । पुल बगाएपछि दुई

Nawalpurfm

आजदेखि शनिबारसम्म काठमाण्डौका विभिन्न ६ ठाउँमा जुनसुकै सिलिन्डर साट्न पाइने

नवलपुर,असोज २५ । आजदेखि आउँदो शनिबार फूलपातीसम्म उपभोक्ताले जुनसुकै कम्पनीका ग्यास सिलिन्डर काठमाण्डौ उपत्यकाका विभिन्न ६ ठाउँबाट साट्न पाउने भएका

↑