-->

जलविद्युत्को सुरुङमा खोज तथा उद्धारको काम चल्दै

Nawalpurfm

नवलपुर,भदौ १६ । भोटेकोशी बाढीका कारण रसुवा र नुवाकोटका प्रभावित जलविद्युत् आयोजनामा खोज तथा उद्धारको काम निरन्तर भइरहेको सरकारले जनाएको छ । 

नेपाली सेनाले ती आयोजनामा विभिन्न देशका विज्ञ टोलीसहित खोज तथा उद्धार गरिरहेको हो । नेपाली सेनाले दिएको जानकारीअनुसार विभिन्न जलविद्युत् आयोजनाबाट अहिलेसम्म २७९ जनाको उद्धार गरिसकेको छ । रसुवागढी जलविद्युत् आयोजनाबाट दुई जनाको उद्धार गरेको छ । त्यस आयोजनामा चिनियाँ र नेपाली सेनाको संयुक्त टोलीले सुरुङको भित्री भागसम्म खोजी गरेको थियो । 

सेनाका अनुसार रसुवाको लाङटाङ खोला र चिलिमे जलविद्युत् आयोजनाका लागि नेपाली सेनासँगै भारतीय उद्धार टोली र केही नेपाली सहयोगीहरूले सुरुङको मुख खोल्ने काम गरिरहेका छन् । नेपाली सेनाले मैलुङ खोला जलविद्युत् आयोजनाबाट नौ जनाको उद्धार भइसकेको जनाएको छ । 

माथिल्लो त्रिशूली १ जलविद्युत् आयोजनाबाट २५४ जनाको उद्धार भइसकेको छ । त्यस आयोजनाको सुरुङमा खोज तथा उद्धारको प्रयास भइरहेको छ । त्यहाँ नेपाली सेनासँगै कोरियन र चिनियाँ टोलीले काम गरिरहेको सेनाको भनाइ छ । 

त्रिशूली(३ ुएुको सुरुङमा नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको गरी ९० जनाको टोलीले खोज तथा उद्धारको प्रयास गरिरहेको छ । त्यहाँ नेपाल विद्युत् प्राधिकरणको टोलीले पनि सहयोग गरिरहेको छ । सुरुङमा उद्धारको काम गरिरहेको टोली अझै पनि भित्तो फोडेर भित्र प्रवेश गर्न सकेको छैन । 

अस्ति आइतबार सुरुङ पत्ता लागेपछि भित्र प्रवेश गर्नेमा आशावादी भएको उद्धार टोली सुरुङको भित्रसम्म लेदो र पानी भरिएको पाइएपछि हिजो पनि छिर्न नसकेको हो । माथिल्लो त्रिशूली(३ ‘बी’ जलविद्युत् आयोजना क्षेत्रबाट नेपाली सेनाले दुई जनाको उद्धार गरिसकेको छ । 

त्यस आयोजनामा नेपाली सेनाका थप नौ जना परिचालन गरी कूल ३१ जनाले खोज तथा उद्धारको काम गरिरहेका छन् । यहाँ चिनियाँ उद्धार टोलीले रेकी गरेपछि नेपाली सेनाले खोज तथा उद्धारको प्रयास शुरु गरेको हो ।  

नुवाकोटको त्रिशूली जलविद्युत् आयोजनाबाट तीन जनाको उद्धार भइसकेको छ । सौर्य आयोजनाबाट चार जनाको र देवीघाट जलविद्युत् आयोजनाबाट पाँच जनाको उद्धार भइसकेको नेपाली सेनाले जनाएको छ । 

प्रतिकृया दिनुहोस
Nawalpurfm

तातोपानी नाका पनि बन्द

नवलपुर, भदौ १६ । नेपाल–चीनबीचको प्रमुख व्यापारिक नाका तातोपानी नाका पनि बन्द भएको छ । पहिरोको जोखिम बढेको भन्दै चीनले अर्को सूचना नभएसम्मका लागि

Nawalpurfm

तातोपानी नाका पनि बन्द

नवलपुर, भदौ १६ । नेपाल–चीनबीचको प्रमुख व्यापारिक नाका तातोपानी नाका पनि बन्द भएको छ । पहिरोको जोखिम बढेको भन्दै चीनले अर्को सूचना नभएसम्मका लागि

Nawalpurfm

बाढी प्रभावित क्षेत्रमा वैकल्पिक सडक सञ्चालन

नवलपुर, भदौ १६ । भोटेकोशी बाढीले क्षति पुर्‍याएका रसुवा, नुवाकोट र धादिङका मुख्य सडकको मर्मतसँगै वैकल्पिक सडक सञ्चालनको काम हुन थालेको छ । पहिलो