देवचुली नगरपालिकाले बाढीपीडितका लागि ८ लाख रुपैयाँ सहयोग गर्ने
नवलपुर,भदौ ११ । नवलपुरको देवचुली नगरपालिकाले बाढीपीडितको राहत तथा उद्धारका लागि ८ लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ।
हालै आएको बाढीका कारण प्रभावित भएका नागरिकलाई तत्काल राहत उपलब्ध गराउने उद्देश्यले नगरपालिकाले उक्त रकम सहयोग गर्ने निर्णय गरेको हो। बाढीबाट प्रभावित क्षेत्रमा राहत, उद्धार तथा आवश्यक सामग्री व्यवस्थापनमा सहयोग पुग्ने नगरपालिकाले जनाएको छ।
बाढीका कारण विभिन्न क्षेत्रमा जनधनको क्षति हुनुका साथै स्थानीय नागरिक प्रभावित भएका छन्। विपद्को समयमा प्रभावित परिवारलाई सहयोग गर्न नगरपालिकाले आर्थिक सहयोग गर्ने निर्णय गरेको हो।
नगरपालिकाले बाढीपीडितको आवश्यकतालाई प्राथमिकतामा राख्दै राहत तथा पुनःस्थापनाका लागि थप आवश्यक पहल र समन्वय गर्ने जनाएको छ।

नवलपुरमा २१६ जनाको शव भेटिदा १५ जनाको सनाखत
नवलपुर,भदौ १५ । भोटेकोशी बाढीले बगाएर ल्याएकामध्ये नवलपुरस्थित नारायणी नदी किनारमा दुई सय सात जनाको शव फेला परेको छ । जसमध्ये १५ जनाको मात्र पहिचान

रसुवाका बाढीपीडितलाई गैंडाकोट नगरपालिकाले ३५ लाख सहयोग गर्ने
नवलपुर,भदौ १५ । रसुवामा बाढीपहिरोबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग पुर्याउन नवलपुरको गैंडाकोट नगरपालिकाले ३५ लाख रुपैयाँ

रसुवामा आएको विनाशकारी बाढीपछि नवलपुरमा १९४ शव फेला, २० शवको व्यवस्थापन
नवलपुर, भदौ १४ । रसुवामा आएको विनाशकारी बाढीपछि बगाएर ल्याएका शव नवलपुरको नारायणी नदी र आसपासका क्षेत्रबाट फेला पर्ने क्रम अझै जारी रहेको छ। पछिल्लो





प्रतिकृया दिनुहोस