-->

नवलपुरमा २१६ जनाको शव भेटिदा १५ जनाको सनाखत

Nawalpurfm

नवलपुर,भदौ १५ । भोटेकोशी बाढीले बगाएर ल्याएकामध्ये नवलपुरस्थित नारायणी नदी किनारमा दुई सय सात जनाको शव फेला परेको छ । जसमध्ये १५ जनाको मात्र पहिचान खुलेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

सोमबार बिहानसम्म भेटिएका शवमध्ये ७३ पुरुष, ४७ महिला २६ बालबालिका र ७० वटा मावन अंग फेला परेका जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी, प्रहरी नायव उपरीक्षक अनिल पण्डितले जानकारी दिए ।

पहिचान भएका शव परिवारलाई बुझाइएको छ । जसमा मकवानपुरको हेटौडा उपमहानगरपालिकाका २४ वर्षीय सुमन गोले र ३६ वर्षीय उद्धव खड्का, गोरखा पालुङटार–५ का ४२ वर्षीया सुजाता कौडाल, ५१ वर्षीया कमला देवकोटा र ४० वर्षका केदार पण्डित, चितवनको माडी–७ का विमल काफ्ले, अर्घाखाँचीको पाणिनी–७ का ४५ वर्षीय नारायण बहादुर थापा र नवलपरासी सुस्ता–१ का ३७ वर्षका यादव भण्डारी रहेको पण्डितले जानकारी दिए ।

त्यस्तै धादिङ खनियावास–५ का ४२ वर्षीय संजोग घर्तीमगर, नुवाकोटको बिदुर–७ का ५६ वर्षीया शारदा ढकाल र वडा नम्बर १० का प्रतिन्स तामाङ, सप्तरी खड्क–५ का २८ वर्षका सन्तोष चौधरी, काभे्र पाँचखाल–६ का ४६ वर्षका डिग बहादुर कायस्थ, काठमाडौं बौद्धका ३४ वर्षका राजु सुनार र रसुवाको आमाछोदिङमो–३ का हीमा लोप्चलको पहिचान खुलेको प्रहरी नायव उपरीक्षक पण्डितको भनाइ छ ।

पहिचान नभएका शव भने कावासोतीको ज्यातीकुञ्ज सामुदायिक वन र देवचुलीको दिब्य मध्यवर्ती सामुदायिक वनमा जमिनमुनी गाडेर अस्थायी व्यवस्थापन गरिएको प्रहरीले जनाएको छ । शवको खोजी कार्य भने जारी रहेको छ ।

प्रतिकृया दिनुहोस
Nawalpurfm

रसुवाका बाढीपीडितलाई गैंडाकोट नगरपालिकाले ३५ लाख सहयोग गर्ने

नवलपुर,भदौ १५ । रसुवामा बाढीपहिरोबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग पुर्‍याउन नवलपुरको गैंडाकोट नगरपालिकाले ३५ लाख रुपैयाँ

Nawalpurfm

रसुवामा आएको विनाशकारी बाढीपछि नवलपुरमा  १९४ शव फेला, २० शवको व्यवस्थापन

नवलपुर, भदौ १४ । रसुवामा आएको विनाशकारी बाढीपछि बगाएर ल्याएका शव नवलपुरको नारायणी नदी र आसपासका क्षेत्रबाट फेला पर्ने क्रम अझै जारी रहेको छ। पछिल्लो

Nawalpurfm

बाढी–वर्षापछि रोगको जोखिम बढ्यो, सतर्क रहन प्रदेश जनस्वास्थ्य कार्यालय नवलपुरको आग्रह

नवलपुर,भदौ १४ । भदौ १० गते रसुवामा आएको बाढीपछि विभिन्न सरुवा रोग तथा स्वास्थ्य समस्या फैलिन सक्ने भन्दै प्रदेश जनस्वास्थ्य कार्यालय, नवलपुरले