-->

नवलपुरमा मात्रै भेटिए ८१ शव,७ जनाको पहिचान खुल्यो

Nawalpurfm

नवलपुर,भदौ ११ । भोटेकोशीमा आएको विनाशकारी बाढीले बगाएर ल्याएका शव तथा शरीरका अङ्गहरू नवलपुरको विभिन्न नदी तटीय क्षेत्रमा फेला पर्ने क्रम जारी छ। प्राप्त पछिल्लो विवरण अनुसार जिल्लाका विभिन्न स्थानमा गरी हालसम्म कूल ८१ वटा शव तथा अङ्ग फेला परेका छन्।

फेला परेका शवहरूमध्ये ७ जनाको मात्र पहिचान खुलेको छ। जसमा २ महिला, ३ पुरुष, १ बालक र १ बालिका रहेका छन्। ६३ जनाको शवको पहिचान हुन अझै बाँकी छ भने ११ वटा भने मानिसको शरीरका विभिन्‍न अङ्ग मात्र फेला परेका हुन्। कूल फेला परेका संख्यामा २२ महिला, ३३ पुरुष, ६ बालक, ९ बालिका र ११ अङ्ग रहेका छन्।

बाढीले बगाएर ल्याएका शवमध्ये ५५ वटा शवलाई जिल्लाका विभिन्‍न अस्पतालमा व्यवस्थापन गरी राखिएको छ भने २६ वटा शव अझै नदी किनारमा नै रहेका छन्। सबैभन्दा बढी नगर अस्पताल गैंडाकोटमा ५० वटा शव राखिएको छ। यसैगरी नगर अस्पताल मध्यविन्दुमा ५ वटा शव राखिएको छ।


पालिकागत आधारमा हेर्दा सबैभन्दा बढी शव गैंडाकोट नगरपालिका क्षेत्रबाट संकलन गरिएको छ। गैंडाकोटबाट मात्रै ४२ वटा शव तथा अङ्ग भेटिएका छन्। यस्तै, मध्यविन्दु नगरपालिका क्षेत्रबाट १९ वटा, विनयी त्रिवेणी गाउँपालिकाबाट १२ वटा र देवचुली नगरपालिकाबाट ८ वटा शव फेला परेका छन्।

प्रशासनका अनुसार फेला परेका शवहरूमध्ये अहिलेसम्म कुनै पनि शव आफन्तले बुझेका छैनन्। पहिचान नखुलेका शवहरूको सनाखत गर्ने र आफन्तको खोजी गर्ने कार्यलाई तीव्र पारिएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जानकारी दिएको छ । 

प्रतिकृया दिनुहोस
Nawalpurfm

नवलपुरमा २१६ जनाको शव भेटिदा १५ जनाको सनाखत

नवलपुर,भदौ १५ । भोटेकोशी बाढीले बगाएर ल्याएकामध्ये नवलपुरस्थित नारायणी नदी किनारमा दुई सय सात जनाको शव फेला परेको छ । जसमध्ये १५ जनाको मात्र पहिचान

Nawalpurfm

रसुवाका बाढीपीडितलाई गैंडाकोट नगरपालिकाले ३५ लाख सहयोग गर्ने

नवलपुर,भदौ १५ । रसुवामा बाढीपहिरोबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग पुर्‍याउन नवलपुरको गैंडाकोट नगरपालिकाले ३५ लाख रुपैयाँ

Nawalpurfm

रसुवामा आएको विनाशकारी बाढीपछि नवलपुरमा  १९४ शव फेला, २० शवको व्यवस्थापन

नवलपुर, भदौ १४ । रसुवामा आएको विनाशकारी बाढीपछि बगाएर ल्याएका शव नवलपुरको नारायणी नदी र आसपासका क्षेत्रबाट फेला पर्ने क्रम अझै जारी रहेको छ। पछिल्लो