रसुवाका बाढीपीडितलाई गैंडाकोट नगरपालिकाले ३५ लाख सहयोग गर्ने
नवलपुर,भदौ १५ । रसुवामा बाढीपहिरोबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग पुर्याउन नवलपुरको गैंडाकोट नगरपालिकाले ३५ लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको छ।
नगर प्रमुख मदनभक्त अधिकारीको अध्यक्षतामा बसेको नगर कार्यपालिका बैठकले उक्त रकम ‘प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष’मा जम्मा गर्ने निर्णय गरेको हो।
विपद्को समयमा स्थानीय तहबाट मानवीय सहयोग जुटाउने उद्देश्यले नगरपालिकाका जनप्रतिनिधि र कर्मचारीले समेत आफ्नो पारिश्रमिकबाट रकम योगदान गर्ने भएका छन्। निर्णयअनुसार जनप्रतिनिधिले १० दिन बराबरको सेवा सुविधा र कर्मचारीले ७ दिनको तलब राहतका लागि दिनेछन्।
जनप्रतिनिधि र कर्मचारीबाट संकलन हुने रकम ३५ लाख रुपैयाँ नपुगे नगरपालिकाको आन्तरिक कोषबाट थप गरी कुल ३५ लाख रुपैयाँ पुर्याइने प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र लामगादेले जानकारी दिनुभयो।
नगर प्रमुख अधिकारीले विपद्का बेला पीडित नागरिकको साथमा उभिनु सबैको साझा मानवीय दायित्व भएको बताउनुभयो।
उहाँले अविरल वर्षाका कारण रसुवामा ठूलो क्षति पुगेकाले प्रभावित परिवारको उद्धार, राहत र पुनःस्थापनामा केही भए पनि सहयोग पुगोस् भन्ने उद्देश्यले रकम उपलब्ध गराउन लागिएको बताउनुभयो।
नगरपालिकाका अनुसार केन्द्रमार्फत पठाइने उक्त सहयोग रकम रसुवाका प्रभावित परिवारका लागि खाद्यान्न, स्वास्थ्य उपचार तथा अस्थायी आवासलगायत तत्कालीन आवश्यकतामा खर्च गर्न उपयोगी हुनेछ।
गैंडाकोट नगरपालिकाले जनप्रतिनिधि, कर्मचारी र स्थानीय सरकारको कोषलाई समेत जोडेर राहत रकम जुटाउने निर्णय गरेको हो।

नवलपुरमा २१६ जनाको शव भेटिदा १५ जनाको सनाखत
नवलपुर,भदौ १५ । भोटेकोशी बाढीले बगाएर ल्याएकामध्ये नवलपुरस्थित नारायणी नदी किनारमा दुई सय सात जनाको शव फेला परेको छ । जसमध्ये १५ जनाको मात्र पहिचान

रसुवामा आएको विनाशकारी बाढीपछि नवलपुरमा १९४ शव फेला, २० शवको व्यवस्थापन
नवलपुर, भदौ १४ । रसुवामा आएको विनाशकारी बाढीपछि बगाएर ल्याएका शव नवलपुरको नारायणी नदी र आसपासका क्षेत्रबाट फेला पर्ने क्रम अझै जारी रहेको छ। पछिल्लो

बाढी–वर्षापछि रोगको जोखिम बढ्यो, सतर्क रहन प्रदेश जनस्वास्थ्य कार्यालय नवलपुरको आग्रह
नवलपुर,भदौ १४ । भदौ १० गते रसुवामा आएको बाढीपछि विभिन्न सरुवा रोग तथा स्वास्थ्य समस्या फैलिन सक्ने भन्दै प्रदेश जनस्वास्थ्य कार्यालय, नवलपुरले





प्रतिकृया दिनुहोस