-->

बाढी–वर्षापछि रोगको जोखिम बढ्यो, सतर्क रहन प्रदेश जनस्वास्थ्य कार्यालय नवलपुरको आग्रह

Nawalpurfm

नवलपुर,भदौ १४ । भदौ १० गते रसुवामा आएको बाढीपछि विभिन्न सरुवा रोग तथा स्वास्थ्य समस्या फैलिन सक्ने भन्दै प्रदेश जनस्वास्थ्य कार्यालय, नवलपुरले सर्वसाधारणका लागि सातबुँदे स्वास्थ्य सावधानी जारी गरेको छ।

बाढीका कारण बगाएर ल्याइएका मानव शव, चौपाया तथा अन्य मृत जीवजन्तुबाट विभिन्न प्रकारका संक्रामक रोग फैलिन सक्ने भएकाले विशेष सतर्कता अपनाउन कार्यालयले आग्रह गरेको हो।

कार्यालयका अनुसार बाढीबाट प्रदूषित नदी, खोला तथा अन्य जलस्रोतबाट प्राप्त माछा र जलीय जीव सेवन गर्नु हुँदैन। साथै, प्रदूषित पानीमा पौडी खेल्न तथा प्रत्यक्ष सम्पर्कमा आउनबाट बच्न भनिएको छ। दूषित पानीका कारण आउँ, हैजा, टाइफाइड, हेपाटाइटिस ए र ईलगायत झाडापखालाजन्य रोगको जोखिम बढ्न सक्ने भएकाले पानी शुद्धीकरण गरेर मात्र प्रयोग गर्न कार्यालयले अनुरोध गरेको छ।

त्यसैगरी, खाना राम्रोसँग पकाएर मात्र खान, काँचो र पकाएको खाना छुट्टाछुट्टै राख्न तथा बाढीको पानीमा डुबेको, दूषित, कुहिएको वा गन्हाएको खाद्य पदार्थ सेवन नगर्न सुझाव दिइएको छ।

बाढीपछि लामखुट्टे र सर्पको जोखिमसमेत बढ्न सक्ने भएकाले घर वरिपरि पानी जम्न नदिन, झुलको प्रयोग गर्न र लामो बाहुला भएका कपडा लगाउन कार्यालयले आग्रह गरेको छ। रातको समयमा हिँडडुल गर्दा टर्चलाइट प्रयोग गर्न तथा सुत्नुअघि ओछ्यान र आसपासको स्थान राम्रोसँग जाँच गर्न पनि सुझाव दिइएको छ।

प्राकृतिक विपद्पछि मानसिक तनाव तथा अन्य मनोसामाजिक समस्या बढ्न सक्ने भएकाले आफ्नो मानसिक स्वास्थ्यप्रति समेत सचेत रहन कार्यालयले आग्रह गरेको छ।

नदी तथा खोला किनारमा मानव शव वा मरेका पशुपन्छी तथा अन्य जीवजन्तु भेटिएमा त्यसलाई आफैं नछुन र तत्काल सम्बन्धित स्थानीय तह वा नेपाल प्रहरीलाई जानकारी गराउन कार्यालयले अनुरोध गरेको छ।

प्रतिकृया दिनुहोस
Nawalpurfm

नवलपुरमा २१६ जनाको शव भेटिदा १५ जनाको सनाखत

नवलपुर,भदौ १५ । भोटेकोशी बाढीले बगाएर ल्याएकामध्ये नवलपुरस्थित नारायणी नदी किनारमा दुई सय सात जनाको शव फेला परेको छ । जसमध्ये १५ जनाको मात्र पहिचान

Nawalpurfm

रसुवाका बाढीपीडितलाई गैंडाकोट नगरपालिकाले ३५ लाख सहयोग गर्ने

नवलपुर,भदौ १५ । रसुवामा बाढीपहिरोबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग पुर्‍याउन नवलपुरको गैंडाकोट नगरपालिकाले ३५ लाख रुपैयाँ

Nawalpurfm

रसुवामा आएको विनाशकारी बाढीपछि नवलपुरमा  १९४ शव फेला, २० शवको व्यवस्थापन

नवलपुर, भदौ १४ । रसुवामा आएको विनाशकारी बाढीपछि बगाएर ल्याएका शव नवलपुरको नारायणी नदी र आसपासका क्षेत्रबाट फेला पर्ने क्रम अझै जारी रहेको छ। पछिल्लो