नारायणी नदीमा नेपाली सेनाको खोजी तीव्र, १० शव फेला
नवलपुर, भदौ १५ । रसुवामा आएको बाढीपछि बेपत्ता भएकाहरूको खोजीका लागि चितवनमा नेपाली सेनाले खोज तथा उद्धार कार्यलाई तीव्रता दिएको छ।
मध्य पृतनाको नेतृत्वमा गठित टास्क फोर्सअन्तर्गत नेपाली सेनाको विभिन्न युनिटले आफ्नो जिम्मेवारीअनुसार क्षेत्र विभाजन गरी नारायणी नदी तथा आसपासका क्षेत्रमा खोजी गरिरहेका छन्।
नयाँ गोरख गण र नयाँ सबुज गणले सामूहिक रूपमा खोज तथा उद्धार कार्य सञ्चालन गरिरहेका छन्। नेपाली सेनाका अनुसार नयाँ गोरख गण, नयाँ सबुज गण र सिंहनाथ गणको कमान्डो तालिमप्राप्त टोलीले नारायणी नदीमा जोखिमपूर्ण तथा कठिन क्षेत्रमा समेत खोजी गरिरहेको छ।
सोमबार बिहान ५ बजेदेखि निरन्तर सञ्चालन गरिएको खोजीको क्रममा नगर वन टापु क्षेत्रबाट १० वटा शव फेला परेको छ। यस्तै, थप दुई शवका अवशेषसमेत फेला परेको सेनाले जनाएको छ। सेनाले बेपत्ताको खोजी कार्य तत्काल नरोकिने र निरन्तर जारी रहने जनाएको छ।

तातोपानी नाका पनि बन्द
नवलपुर, भदौ १६ । नेपाल–चीनबीचको प्रमुख व्यापारिक नाका तातोपानी नाका पनि बन्द भएको छ । पहिरोको जोखिम बढेको भन्दै चीनले अर्को सूचना नभएसम्मका लागि

तातोपानी नाका पनि बन्द
नवलपुर, भदौ १६ । नेपाल–चीनबीचको प्रमुख व्यापारिक नाका तातोपानी नाका पनि बन्द भएको छ । पहिरोको जोखिम बढेको भन्दै चीनले अर्को सूचना नभएसम्मका लागि

बाढी प्रभावित क्षेत्रमा वैकल्पिक सडक सञ्चालन
नवलपुर, भदौ १६ । भोटेकोशी बाढीले क्षति पुर्याएका रसुवा, नुवाकोट र धादिङका मुख्य सडकको मर्मतसँगै वैकल्पिक सडक सञ्चालनको काम हुन थालेको छ । पहिलो








प्रतिकृया दिनुहोस