-->

बाढी प्रभावित क्षेत्रमा वैकल्पिक सडक सञ्चालन

Nawalpurfm

नवलपुर, भदौ १६ । भोटेकोशी बाढीले क्षति पुर्‍याएका रसुवा, नुवाकोट र धादिङका मुख्य सडकको मर्मतसँगै वैकल्पिक सडक सञ्चालनको काम हुन थालेको छ । पहिलो चरणमा तत्काल सम्भव देखिएको सडक सञ्जालको सफाइ तथा पुनर्निर्माण कार्यलाई प्राथमिकतामा राखिएको छ ।

नुवाकोट प्रशासनका अनुसार बाढीले क्षति पुर्‍याएको गल्छी–देवीघाट सडक खण्डको ठुलो खोला पुल मर्मत कार्य भइरहेको छ । तादी खोलामा रहेको पुल बगाएर अवरुद्ध भएको सडकमा बेलिब्रिज राख्ने तयारी भइरहेको छ । त्रिशूलीको ढुङ्गेबजार क्षेत्रबाट रसुवा जाने सडक मार्ग पनि आंशिक रूपमा सञ्चालन गरिएको छ । बाहुनबेँसी–लाच्याङ्ग–धुन्चे सडकमा साना गाडी सञ्चालनमा रहेको छ ।

नुवाकोटको ढिकुरे–फेदीबेँसी–चोखते, बोरे भन्ज्याङ–ढुङ्गेधारा हुँदै वेत्रावती रसुवा जाने बाटोमा पनि साना गाडी सञ्चालनमा छन् । उक्त सडकबाट पनि ठुला सवारी गुड्न मिल्ने गरी काम भइरहेको छ । कोलोनी बुद्धसिंहघाट जाने सडक तथा लबडाँडा–सिरखाली–बुनीबेँसी–कालीखोला–माझीगाउँ हुँदै कोलोनी जाने वैकल्पिक मार्ग पनि सञ्चालनमा आएको छ । विदुर नगरपालिका–१ को ढुङ्गे क्षेत्रमा पनि यातायात सञ्चालनमा ल्याइएको छ ।

कोलोनी ढुङ्गेलगायत ठाउँमा तुइन सञ्चालन सञ्चालनको तयारी भएको छ । पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले सामाजिक सञ्जालमार्फत दिनुभएको जानकारी अनुसार गल्छी–त्रिशूली राजमार्ग अन्तर्गत त्रिशूली पुल पारिबाट त्रिशूली नदीको दायाँ किनार हुँदै कल्लेरीटार, कोशीखोला, पिपलटार, दर्शनटार, छत्रेखोला, गौरीबेँसी हुँदै त्रिशूली बजारसम्म सडक सञ्चालनमा आएको छ ।

धादिङमा बाढीले फुर्के खोलाको पुल बगाएपछि मासटार–क्युरिनटार हुँदै त्रिशूली नदीको दायाँ किनाराबाट धादिङबेँसी जोड्ने वैकल्पिक सडक सञ्चालनमा ल्याइएको छ । फुर्केखोलामा तत्काल बेलिब्रिज राख्न कठिन हुने देखिएपछि यही सडकलाई स्तरोन्नति गर्ने काम भइरहेको छ ।

प्रतिकृया दिनुहोस
Nawalpurfm

तातोपानी नाका पनि बन्द

नवलपुर, भदौ १६ । नेपाल–चीनबीचको प्रमुख व्यापारिक नाका तातोपानी नाका पनि बन्द भएको छ । पहिरोको जोखिम बढेको भन्दै चीनले अर्को सूचना नभएसम्मका लागि

Nawalpurfm

तातोपानी नाका पनि बन्द

नवलपुर, भदौ १६ । नेपाल–चीनबीचको प्रमुख व्यापारिक नाका तातोपानी नाका पनि बन्द भएको छ । पहिरोको जोखिम बढेको भन्दै चीनले अर्को सूचना नभएसम्मका लागि

Nawalpurfm

भोटेकोशी बाढीको सातौँ दिन खोज, उद्धार र राहत वितरणको काम चल्दै

नवलपुर, भदौ १६ । रसुवाको भोटेकोशी बाढीको सातौँ दिन आज पनि खोज, उद्धार र राहत वितरणको काम भइरहेको छ ।  रसुवा र नुवाकोटको जलविद्युत् परियोजनाको सुरुङमा