रसुवामा आएको विनाशकारी बाढीपछि नवलपुरमा १९४ शव फेला, २० शवको व्यवस्थापन
नवलपुर, भदौ १४ । रसुवामा आएको विनाशकारी बाढीपछि बगाएर ल्याएका शव नवलपुरको नारायणी नदी र आसपासका क्षेत्रबाट फेला पर्ने क्रम अझै जारी रहेको छ। पछिल्लो विवरणअनुसार हालसम्म १९४ वटा शव तथा शरीरका अंग फेला परेका छन्।
जिल्ला प्रशासन कार्यालय र सुरक्षा निकायको संयुक्त समन्वयमा नदी किनार तथा आसपासका क्षेत्रमा खोजी अभियान सञ्चालन भइरहेको छ। प्राप्त विवरणअनुसार फेला परेकामध्ये ४७ जना महिला, ६७ जना पुरुष, ११ जना बालक र १३ जना बालिका रहेका छन्। त्यस्तै, ५६ वटा शरीरका केही अंग मात्र भेटिएको जनाइएको छ।
२०८३ साल भदौ १४ गते दिउँसो साढे २ बजेसम्मको तथ्यांकअनुसार २० वटा शवको व्यवस्थापन भइसकेको छ। बाँकी शवको पहिचान खुलाउने र आवश्यक कानुनी तथा व्यवस्थापन प्रक्रिया अघि बढाउने काम भइरहेको छ।
प्रशासन र अस्पतालले शवको पहिचानका लागि मृतकका परिवार तथा आफन्तसँग निरन्तर समन्वय गरिरहेका छन्। यसैबीच, बाढीमा बेपत्ता भएकाहरूको खोजी कार्य पनि विभिन्न सुरक्षा निकायको टोलीले जारी राखेको छ।

नवलपुरमा २१६ जनाको शव भेटिदा १५ जनाको सनाखत
नवलपुर,भदौ १५ । भोटेकोशी बाढीले बगाएर ल्याएकामध्ये नवलपुरस्थित नारायणी नदी किनारमा दुई सय सात जनाको शव फेला परेको छ । जसमध्ये १५ जनाको मात्र पहिचान

रसुवाका बाढीपीडितलाई गैंडाकोट नगरपालिकाले ३५ लाख सहयोग गर्ने
नवलपुर,भदौ १५ । रसुवामा बाढीपहिरोबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग पुर्याउन नवलपुरको गैंडाकोट नगरपालिकाले ३५ लाख रुपैयाँ

बाढी–वर्षापछि रोगको जोखिम बढ्यो, सतर्क रहन प्रदेश जनस्वास्थ्य कार्यालय नवलपुरको आग्रह
नवलपुर,भदौ १४ । भदौ १० गते रसुवामा आएको बाढीपछि विभिन्न सरुवा रोग तथा स्वास्थ्य समस्या फैलिन सक्ने भन्दै प्रदेश जनस्वास्थ्य कार्यालय, नवलपुरले





प्रतिकृया दिनुहोस