-->

रसुवा बाढीमा सयभन्दा बढी बस र ७० माइक्रो सम्पर्कविहीन

Nawalpurfm

नवलपुर,भदौ १५ । बाढीपहिरोका कारण रसुवा, नुवाकोट, धादिङलगायतका क्षेत्रमा ठूलो संख्यामा सार्वजनिक तथा मालवाहक सवारीसाधन क्षतिग्रस्त तथा सम्पर्कविहीन भएका छन्।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ, बागमती प्रदेशका अध्यक्ष सुवन गिरी (सुमन) का अनुसार हालसम्म प्राप्त प्रारम्भिक विवरणमा १०० हाराहारी बस, ७० भन्दा बढी माइक्रोबस र करिब ३०० मालवाहक टिपर तथा अन्य गाडी सम्पर्कविहीन छन्।

महासंघले विभिन्न कम्पनी, प्रालि, संघ तथा समितिमार्फत क्षतिको विवरण संकलन गरिरहेको छ। तर विपद्का कारण टेलिफोन तथा इन्टरनेट सेवा प्रभावित भएकाले यकिन तथ्यांक प्राप्त हुन नसकेको महासंघले जनाएको छ। थप विवरण संकलन हुने क्रम जारी रहेकाले क्षतिको संख्या अझ बढ्न सक्ने अनुमान गरिएको छ।

गिरीका अनुसार रसुवागढी नाका आसपास रहेका कन्टेनरमा समेत ठूलो क्षति पुगेको छ। प्रारम्भिक जानकारीअनुसार करिब ३०० कन्टेनर सम्पर्कविहीन छन्। भन्सार क्षेत्रमा रहेका, बाटोमा गुडिरहेका, पार्किङ गरिएका तथा सामान ओसारपसारमा प्रयोग भइरहेका सवारीसाधनलाई समेत समेट्दा कुल क्षति ५०० हाराहारी पुग्न सक्ने महासंघको अनुमान छ।

प्रभावित क्षेत्रबाट नेपाल न्यूज बैंकसँग कुरा गर्दै गिरीले भने, ‘हालसम्मको प्रारम्भिक विवरणअनुसार १०० हाराहारी बस, ७० भन्दा बढी माइक्रोबस र करिब ३०० टिपर सम्पर्कविहीन छन्। रसुवागढी नाका आसपासका करिब ३०० कन्टेनरसमेत सम्पर्कविहीन रहेको जानकारी आएको छ। विपद्का कारण सम्पर्क स्थापित हुन नसकेकाले यकिन तथ्यांक आउन बाँकी छ।’

विपद्का कारण सवारीसाधनसँगै चालक, परिचालक, मजदुर तथा व्यवसायीसमेत सम्पर्कविहीन रहेको गिरीले बताए। महासंघको प्रारम्भिक तथ्यांकअनुसार करिब ५०० चालक, परिचालक तथा सवारी व्यवसायसँग आबद्ध व्यक्ति सम्पर्कविहीन अवस्थामा छन्।

गिरीले भने, ‘हाम्रो प्रारम्भिक तथ्यांकअनुसार करिब ५०० को हाराहारीमा चालक, परिचालक, मजदुर तथा गाडीसँग आबद्ध व्यवसायीहरू सम्पर्कविहीन अवस्थामा छन्।’

प्रतिकृया दिनुहोस
Nawalpurfm

तातोपानी नाका पनि बन्द

नवलपुर, भदौ १६ । नेपाल–चीनबीचको प्रमुख व्यापारिक नाका तातोपानी नाका पनि बन्द भएको छ । पहिरोको जोखिम बढेको भन्दै चीनले अर्को सूचना नभएसम्मका लागि

Nawalpurfm

तातोपानी नाका पनि बन्द

नवलपुर, भदौ १६ । नेपाल–चीनबीचको प्रमुख व्यापारिक नाका तातोपानी नाका पनि बन्द भएको छ । पहिरोको जोखिम बढेको भन्दै चीनले अर्को सूचना नभएसम्मका लागि

Nawalpurfm

बाढी प्रभावित क्षेत्रमा वैकल्पिक सडक सञ्चालन

नवलपुर, भदौ १६ । भोटेकोशी बाढीले क्षति पुर्‍याएका रसुवा, नुवाकोट र धादिङका मुख्य सडकको मर्मतसँगै वैकल्पिक सडक सञ्चालनको काम हुन थालेको छ । पहिलो