-->

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा अग्नि ग्रुपको १ करोड सहयोग

Nawalpurfm

नवलपुर,भदौ १५ । सामाजिक उत्तरदायित्वलाई प्रचारको माध्यम बनाउने प्रवृत्तिभन्दा फरक देखाउँदै अग्नि ग्रुपले राष्ट्रिय विपद्का बेला उदाहरणीय सहयोग गरेको छ।

रसुवामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा उद्धारमा सहयोग पुर्‍याउने उद्देश्यले अग्नि ग्रुपका अध्यक्ष क्याबिनेट श्रेष्ठले अग्नि ग्रुप तथा महिन्द्राको तर्फबाट भदौ ११ गते प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड रुपैयाँ सहयोग गरेका हुन्।

ठूलो रकम सहयोग गरे पनि अग्नि ग्रुपले यसलाई प्रचारको विषय भने बनाएन। न त कम्पनीले औपचारिक प्रेस विज्ञप्ति नै जारी गर्‍यो, न प्रचारात्मक विज्ञापनमार्फत सहयोगको जानकारी सार्वजनिक गर्‍यो। विपद्को समयमा गरिएको मानवीय सहयोगलाई प्रचारको माध्यम बनाउन नहुने मान्यताअनुसार कम्पनीले सहयोगलाई सार्वजनिक नगर्ने नीति लिएको बताइएको छ।

व्यावसायिक गतिविधिभन्दा माथि उठेर राष्ट्रिय संकटका बेला नागरिकको साथमा उभिनु निजी क्षेत्रको सामाजिक दायित्व भएको सन्देश अग्नि ग्रुपको यो कदमले दिएको छ।

विपद्का बेला गरिने सहयोग रकमको आकारसँगै त्यसलाई कसरी प्रस्तुत गरिन्छ भन्ने विषय पनि उत्तिकै महत्वपूर्ण हुने सन्दर्भमा अग्नि ग्रुपको यो शैलीलाई सादगीपूर्ण र अनुकरणीय पहलका रूपमा लिन सकिन्छ।

प्रतिकृया दिनुहोस
Nawalpurfm

तातोपानी नाका पनि बन्द

नवलपुर, भदौ १६ । नेपाल–चीनबीचको प्रमुख व्यापारिक नाका तातोपानी नाका पनि बन्द भएको छ । पहिरोको जोखिम बढेको भन्दै चीनले अर्को सूचना नभएसम्मका लागि

Nawalpurfm

तातोपानी नाका पनि बन्द

नवलपुर, भदौ १६ । नेपाल–चीनबीचको प्रमुख व्यापारिक नाका तातोपानी नाका पनि बन्द भएको छ । पहिरोको जोखिम बढेको भन्दै चीनले अर्को सूचना नभएसम्मका लागि

Nawalpurfm

बाढी प्रभावित क्षेत्रमा वैकल्पिक सडक सञ्चालन

नवलपुर, भदौ १६ । भोटेकोशी बाढीले क्षति पुर्‍याएका रसुवा, नुवाकोट र धादिङका मुख्य सडकको मर्मतसँगै वैकल्पिक सडक सञ्चालनको काम हुन थालेको छ । पहिलो