अरुणखोलामा ५ वर्षमुनिका बालबालिकालाई स्वर्णविन्दु औषधी खुवाउने कार्यक्रम शुरु
नवलपुर,मंसिर २२ । प्रदेश आयुर्वेद चिकित्सालय अरुणखोलाले सोमबारदेखि जिल्लाका ५ वर्षमुनिका बालबालिकालाई आयुर्वेदिक औषधि ‘स्वर्णविन्दु’ खुवाउने अभियान शुरु गरेको छ। गण्डकी प्रदेशका प्रदेश सभा सदस्य लक्ष्मण बहादुर पाण्डेको प्रमुख आतिथ्यता एवम् चिकित्सालयका प्रमुख डा । सुजाता शर्माको अध्यक्षतामा आयोजित कार्यक्रममा जिल्लाभरि बालबालिकालाई स्वर्णविन्दु वितरणको औपचारिक शुभारम्भ गरिएको हो।
कार्यक्रमको पहिलो दिन सोमबार मात्र अरुणखोलामा ९५७ जना बालबालिकालाई स्वर्णविन्दु औषधी खुवाइएको चिकित्सालयले जनाएको छ।
आयुर्वेदिक औषधी स्वर्णविन्दुले बालबालिकामा रोगसँग लड्ने क्षमता वृद्धि गर्ने, शारीरिक तथा मानसिक विकासमा मद्दत पुर्याउने तथा कमजोर प्रतिरोधात्मक क्षमता भएका बालबालिकालाई विशेष लाभ हुने प्रदेश आयुर्वेद चिकित्सालयका वरिष्ठ कबिराज निरीक्षक गोकुल पराजुलीले जानकारी दिनुभयो।
नेपाल सरकार स्वास्थ्य मन्त्रालयले नवलपरासी (बर्दघाट सुस्ता पूर्व) सहित देशका २६ जिल्लामा यो कार्यक्रम सञ्चालन गरिरहेको छ। जिल्लामा प्रदेश आयुर्वेद चिकित्सालय अरुणखोला नै स्वर्णविन्दु वितरणका लागि निर्धारण गरिएको पराजुलीले बताउनुभयो।
बागलुङको ढोरपाटनमा फैलिएको दादुरा अझै नियन्त्रणमा आएन
नवलपुर,चैत ३ । बागलुङको ढोरपाटनमा फैलिएको दादुराको सङ्क्रमण अझै नियन्त्रणमा आउन सकेको छैन । ढोरपाटन नगरपालिकाका सबै वडाका बालबालिका र

पर्सि आइतवारदेखि एचपीभी खोप अभियान शुरू हुँदै
नवलपुर,माघ २३ । पर्सि आइतवारदेखि देशभरका झन्डै साढे ३ लाख बालिकालाई पाठेघरको मुखको क्यान्सरविरुद्ध (एचपीभी) खोप लगाईदैछ । स्वास्थ्य सेवा विभाग बाल

चितवनको रत्ननगर र भरतपुर क्षेत्रमा खोरेत रोगको समस्या
नवलपुर,मंसिर २८ । चितवनमा गाईभैँसीमा खोरेत रोगको समस्या देखिएको छ । पूर्वी चितवनको रत्ननगर नगरपालिका र भरतपुर महानगरमा पालिएका पशुमा खोरेतको समस्या








प्रतिकृया दिनुहोस