पर्सि आइतवारदेखि एचपीभी खोप अभियान शुरू हुँदै
नवलपुर,माघ २३ । पर्सि आइतवारदेखि देशभरका झन्डै साढे ३ लाख बालिकालाई पाठेघरको मुखको क्यान्सरविरुद्ध (एचपीभी) खोप लगाईदैछ । स्वास्थ्य सेवा विभाग बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख डा। अभियान गौतमका अनुसार कक्षा ६ मा पढ्ने तथा १० वर्ष पुगेका बालिकाहरुलाई खोप लगाईने छ ।
गएको वर्ष खोप अभियानमा छुटेका कक्षा ७ देखि १० सम्मका छात्रा तथा ११ देखि १४ वर्षका किशोरीलाई पनि खोप दिइनेछ । विद्यालय जाने बालिकालाई विद्यालयमै खोप लगाइनेछ भने विद्यालय नजाने किशोरीलाई नजिकको स्वास्थ्य संस्थाबाट खोप दिइनेछ । खोप अभियान फागुन १५ गतेसम्म सञ्चालन हुनेछ ।
एचपीभी खोपलाई सरकारले नियमित राष्ट्रिय खोप कार्यक्रममा समावेश गरिसकेको छ । गएको वर्ष झन्डै १६ लाख किशोरीलाई एचपीभी खोप दिइएको थियो । अभियानमा ९४ प्रतिशतले खोप लगाएका थिए । पाठेघरको मुखको क्यान्सर नेपालमा महिलाको ज्यान जाने प्रमुख कारणमध्ये एक हो ।
यो क्यान्सर मुख्यतः ह्युमन पापिलोमा भाइरसको संक्रमणबाट हुने गर्छ । भाइरस छालाको सम्पर्कबाट सजिलै सर्ने भएकाले खोप नै सुरक्षित उपाय भएको डाक्टरहरुको भनाइ छ ।
बागलुङको ढोरपाटनमा फैलिएको दादुरा अझै नियन्त्रणमा आएन
नवलपुर,चैत ३ । बागलुङको ढोरपाटनमा फैलिएको दादुराको सङ्क्रमण अझै नियन्त्रणमा आउन सकेको छैन । ढोरपाटन नगरपालिकाका सबै वडाका बालबालिका र

चितवनको रत्ननगर र भरतपुर क्षेत्रमा खोरेत रोगको समस्या
नवलपुर,मंसिर २८ । चितवनमा गाईभैँसीमा खोरेत रोगको समस्या देखिएको छ । पूर्वी चितवनको रत्ननगर नगरपालिका र भरतपुर महानगरमा पालिएका पशुमा खोरेतको समस्या
.2025-12-08-10-19-31.jpeg)
अरुणखोलामा ५ वर्षमुनिका बालबालिकालाई स्वर्णविन्दु औषधी खुवाउने कार्यक्रम शुरु
नवलपुर,मंसिर २२ । प्रदेश आयुर्वेद चिकित्सालय अरुणखोलाले सोमबारदेखि जिल्लाका ५ वर्षमुनिका बालबालिकालाई आयुर्वेदिक औषधि








प्रतिकृया दिनुहोस