बागलुङको ढोरपाटनमा फैलिएको दादुरा अझै नियन्त्रणमा आएन
नवलपुर,चैत ३ । बागलुङको ढोरपाटनमा फैलिएको दादुराको सङ्क्रमण अझै नियन्त्रणमा आउन सकेको छैन । ढोरपाटन नगरपालिकाका सबै वडाका बालबालिका र किशोरकिशोरीलाई खोप लगाइएको छ ।
पालिकाको नौवटै वडामा स्वास्थ्यकर्मी परिचालन गरी १० देखि १९ वर्ष उमेर समूहका पाँच हजार ६ सय ५६ जनालाई खोप लगाएको गण्डकी प्रदेश जनस्वास्थ्य कार्यालय, बागलुङले जनाएको छ । ढोरपाटन नगरपालिका–७, ८ र ९ का विभिन्न ठाउँमा दादुरा सङ्क्रमित फेला परेपछि गएको फागुन २९ गतेदेखि खोप अभियान सञ्चालन गरिएको थियो ।
अस्ति चैत १ गतेसम्म सञ्चालन भएको खोप अभियानमा छुटेकालाई पर्सि चैत ५ गतेसम्म बुर्तिबाङ अस्पतालबाट खोप दिइने प्रदेश जनस्वास्थ्य कार्यालय बागलुङका सूचना अधिकारी देवप्रकाश घिमिरेले जानकारी दिनुभयो ।
सङ्क्रमण नियन्त्रणका लागि विश्व स्वास्थ्य सङ्गठन र प्रदेश जनस्वास्थ्य कार्यालयको समूह ढोरपाटनमा खटिएको छ । अहिलेसम्म ७ जनामा सङ्क्रमण पुष्टि भइसकेको र १ सय ३ जना शङ्स्कापद दादुराका बिरामी छन् ।
२१ जनाको नमुना परीक्षणका राष्ट्रिय स्वास्थ्य प्रयोगशाला काठमाण्डौमा पठाइएको घिमिरेले जानकारी दिनुभयो । उहाँका अनुसार बुर्तिबाङ अस्पतालमा २४ जना र बोबाङ स्वास्थ्यचौकीमा छ जना उपचाररत रहेका छन् ।

पर्सि आइतवारदेखि एचपीभी खोप अभियान शुरू हुँदै
नवलपुर,माघ २३ । पर्सि आइतवारदेखि देशभरका झन्डै साढे ३ लाख बालिकालाई पाठेघरको मुखको क्यान्सरविरुद्ध (एचपीभी) खोप लगाईदैछ । स्वास्थ्य सेवा विभाग बाल

चितवनको रत्ननगर र भरतपुर क्षेत्रमा खोरेत रोगको समस्या
नवलपुर,मंसिर २८ । चितवनमा गाईभैँसीमा खोरेत रोगको समस्या देखिएको छ । पूर्वी चितवनको रत्ननगर नगरपालिका र भरतपुर महानगरमा पालिएका पशुमा खोरेतको समस्या
.2025-12-08-10-19-31.jpeg)
अरुणखोलामा ५ वर्षमुनिका बालबालिकालाई स्वर्णविन्दु औषधी खुवाउने कार्यक्रम शुरु
नवलपुर,मंसिर २२ । प्रदेश आयुर्वेद चिकित्सालय अरुणखोलाले सोमबारदेखि जिल्लाका ५ वर्षमुनिका बालबालिकालाई आयुर्वेदिक औषधि








प्रतिकृया दिनुहोस