-->

चितवनको रत्ननगर र भरतपुर क्षेत्रमा खोरेत रोगको समस्या

Nawalpurfm

नवलपुर,मंसिर २८ । चितवनमा गाईभैँसीमा खोरेत रोगको समस्या देखिएको छ । पूर्वी चितवनको रत्ननगर नगरपालिका र भरतपुर महानगरमा पालिएका पशुमा खोरेतको समस्या देखिएको हो ।

पशु सेवा कार्यालयका प्रमुख डा। प्रभात न्यौपानेका अनुसार भरतपुर महानगरपालिका–२७ मा रहेको गाई फार्ममा यो रोग पुष्टि भएको छ । रत्ननगरमा रहेका गाई फार्ममा पनि खोरेतको लक्षण देखिएको तर प्रयोगशालाबाट नतिजा आइसकेको छैन । डा। न्यौपानेले अहिले रोग देखिएका क्षेत्रमा खोरेतविरुद्धको खोप लगाउने काम भइरहेको जानकारी दिनुभयो । चितवन जिल्लाभरि नै अभियान चलाउने योजना रहेको उहाँले जानकारी दिनुभयो ।

भाइरसका कारण सर्ने यो खोरेत रोग लागेका गाईभैँसीमा दुईदेखि तीन दिन १०४ डिग्री ज्वरो आउने, जिब्रोको छाला जाने, गर्भ तुहिने, दूध उत्पादन घट्ने, खुट्टामा घाउ हुनेजस्ता लक्षण देखिने गर्छ । बाहिरबाट खरिद गरेर ल्याएका पशुलाई २१ दिनसम्म क्वारेन्टाइनमा राखेर मात्र आफ्नो बथानमा मिसाउन र सङ्क्रमिण देखिएका पशुलाई छुट्टै राखेर उपचार गर्न कार्यालयले आग्रह गरेको छ ।

साथै हरेक फार्ममा जैविक सुरक्षाको विधि अपनाएर वर्षमा दुईपटक खोरेतविरुद्धको खोप लगाउन कार्यालयका प्रमुख डा। न्यौपानेको आग्रह छ । 

प्रतिकृया दिनुहोस

बागलुङको ढोरपाटनमा फैलिएको दादुरा अझै नियन्त्रणमा आएन

नवलपुर,चैत ३ । बागलुङको ढोरपाटनमा फैलिएको दादुराको सङ्क्रमण अझै नियन्त्रणमा आउन सकेको छैन । ढोरपाटन नगरपालिकाका सबै वडाका बालबालिका र

Nawalpurfm

पर्सि आइतवारदेखि एचपीभी खोप अभियान शुरू हुँदै

नवलपुर,माघ २३ । पर्सि आइतवारदेखि देशभरका झन्डै साढे ३ लाख बालिकालाई पाठेघरको मुखको क्यान्सरविरुद्ध (एचपीभी) खोप लगाईदैछ  । स्वास्थ्य सेवा विभाग बाल

Nawalpurfm

अरुणखोलामा ५ वर्षमुनिका बालबालिकालाई स्वर्णविन्दु औषधी खुवाउने कार्यक्रम शुरु

    नवलपुर,मंसिर २२ । प्रदेश आयुर्वेद चिकित्सालय अरुणखोलाले सोमबारदेखि जिल्लाका ५ वर्षमुनिका बालबालिकालाई आयुर्वेदिक औषधि