-->

नवलपुरको स्वास्थ्य अवस्था, चुनौती र आगामी योजनाबारे पत्रकारसँग अन्तरक्रिया

Nawalpurfm

विमा गाहा मगर । नवलपुर,भदौ ३१ । प्रदेश जनस्वास्थ्य कार्यालय, नवलपुरको आयोजनामा जिल्लाको समग्र स्वास्थ्य अवस्था, चुनौती तथा आगामी योजनाबारे पत्रकारसँग  अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।
बुधबार जिल्ला समन्वय समितिको सभाहलमा भएको कार्यक्रममा गत वर्ष सञ्चालन गरिएका स्वास्थ्य कार्यक्रमका उपलब्धि, चालु वर्षका योजना तथा जिल्लाको समग्र स्वास्थ्य अवस्थाबारे जानकारी गराइएको थियो। कार्यालय प्रमुख केशव चापागाईँसहित सम्बन्धित शाखाका प्रमुख तथा प्रतिनिधिहरूले जिल्लाको स्वास्थ्य क्षेत्रमा भएका प्रगति, देखिएका चुनौती र आगामी योजनाबारे पत्रकार तथा सरोकारवालाहरूलाई जानकारी दिएका थिए।

कार्यक्रममा डेङ्गु, जापानी इन्सेफलाइटिस तथा एचआईभीरएड्स लगायतका स्वास्थ्य समस्याबारे विशेष जानकारी गराइएको थियो। ती रोगहरू कसरी सर्छन्, कुन भाइरसका कारण लाग्छन्, संक्रमणबाट बच्ने तथा रोकथामका उपाय, उपचार र सावधानीका विषयमा समेत जानकारी दिइएको थियो। साथै, नवलपुर जिल्लामा यी रोगबाट प्रभावित बिरामीको संख्या तथा मृत्युको अवस्थाबारे समेत तथ्यांक प्रस्तुत गरिएको थियो।

त्यसैगरी, जिल्लामा हुने गर्भपतन तथा नवजात शिशुको जन्मसम्बन्धी अवस्था का बारेमा पनि जानकारी गराउँदै यससँग सम्बन्धित स्वास्थ्य अवस्था, चुनौती तथा आवश्यक सावधानीका विषयमा छलफल गरिएको थियो।

कार्यक्रममा नवलपुरका पत्रकार, स्वास्थ्य क्षेत्रका सम्बन्धित व्यक्ति तथा विभिन्न सरोकारवालाहरूको उल्लेखनीय सहभागिता रहेको थियो। अन्तरक्रियाका क्रममा जिल्लाको स्वास्थ्य क्षेत्रका समस्या, सेवा प्रवाह तथा आगामी दिनमा स्वास्थ्य कार्यक्रमलाई थप प्रभावकारी बनाउने विषयमा समेत छलफल गरिएको थियो।

प्रतिकृया दिनुहोस
Nawalpurfm

नवलपुरको पेलेगाबाट निस्कीरहेको धुंवा बिशाक्त रहेको भनाई 

नारायण शर्मा । नवलपुर, असोज १ । नवलपुरको हुप्सेकोट गाउँपालिका–६ स्थित पेलेगा डाँडाबाट निस्किरहेको बाक्लो धुवाँमा कार्बन मोनोअक्साइड ग्यास रहेको

Nawalpurfm

रसुवा बाढीपीडितका लागि प्याब्सन नवलपुरको ५० लाख एक सय ११ सहयोग

नवलपुर,भदौ ३० । देशका विभिन्न जिल्लामा आएको विनाशकारी बाढी तथा पहिरोबाट प्रभावित नागरिकको उद्धार, राहत र पुनर्स्थापनाका लागि निजी विद्यालयहरूको

Nawalpurfm

विनयी त्रिवेणीमा खुर्पा प्रहारबाट श्रीमतीको मृत्यु, श्रीमान् पक्राउ

नवलपुर,भदौ ३० । विनयी त्रिवेणी गाउँपालिका–३ चिसापानीमा श्रीमानले खुर्पा प्रहार गर्दा श्रीमतीको घटनास्थलमै मृत्यु भएको छ। प्रहरीका अनुसार