-->

रसुवा बाढीपीडितका लागि प्याब्सन नवलपुरको ५० लाख एक सय ११ सहयोग

Nawalpurfm

नवलपुर,भदौ ३० । देशका विभिन्न जिल्लामा आएको विनाशकारी बाढी तथा पहिरोबाट प्रभावित नागरिकको उद्धार, राहत र पुनर्स्थापनाका लागि निजी विद्यालयहरूको संगठन प्याब्सन नवलपुरले ५० लाख रुपैयाँभन्दा बढी आर्थिक सहयोग गरेको छ।

प्याब्सन नवलपुरले आफ्ना सदस्य विद्यालयसँगको सहकार्यमा सञ्चालन गरेको राहत सङ्कलन अभियानबाट रु. ५० लाख १११ रकम जुटाएको हो। सङ्कलित रकम प्याब्सन केन्द्रमार्फत नेपाल सरकारको प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा हस्तान्तरण गरिएको जनाइएको छ।

प्याब्सन केन्द्रले सरकारको राहत कोषमा रु. २ करोड सहयोग उपलब्ध गराउने क्रममा नवलपुरबाट सङ्कलन भएको रकम पनि समावेश गरिएको हो।

विशेषगरी नुवाकोट, रसुवा लगायतका जिल्लामा बाढी तथा पहिरोका कारण ठूलो जनधनको क्षति भएपछि प्रभावित परिवारलाई सहयोग गर्ने उद्देश्यले राहत सङ्कलन अभियान सञ्चालन गरिएको प्याब्सन नवलपुरले जनाएको छ।

प्याब्सन नवलपुरले अभियानमा सक्रिय रूपमा सहभागी भई सहयोग गर्ने आफ्ना सदस्य विद्यालयका प्रधानाध्यापक, विद्यालय सञ्चालक, शिक्षक तथा कर्मचारीप्रति धन्यवाद तथा आभार व्यक्त गरेको छ।

प्राकृतिक विपद्का बेला निजी विद्यालय क्षेत्रबाट गरिएको यो आर्थिक सहयोगले विपद् प्रभावित नागरिकको राहत तथा पुनर्स्थापनामा केही योगदान पुग्ने अपेक्षा गरिएको छ।

प्रतिकृया दिनुहोस
Nawalpurfm

नवलपुरको पेलेगाबाट निस्कीरहेको धुंवा बिशाक्त रहेको भनाई 

नारायण शर्मा । नवलपुर, असोज १ । नवलपुरको हुप्सेकोट गाउँपालिका–६ स्थित पेलेगा डाँडाबाट निस्किरहेको बाक्लो धुवाँमा कार्बन मोनोअक्साइड ग्यास रहेको

Nawalpurfm

नवलपुरको स्वास्थ्य अवस्था, चुनौती र आगामी योजनाबारे पत्रकारसँग अन्तरक्रिया

विमा गाहा मगर । नवलपुर,भदौ ३१ । प्रदेश जनस्वास्थ्य कार्यालय, नवलपुरको आयोजनामा जिल्लाको समग्र स्वास्थ्य अवस्था, चुनौती तथा आगामी योजनाबारे

Nawalpurfm

विनयी त्रिवेणीमा खुर्पा प्रहारबाट श्रीमतीको मृत्यु, श्रीमान् पक्राउ

नवलपुर,भदौ ३० । विनयी त्रिवेणी गाउँपालिका–३ चिसापानीमा श्रीमानले खुर्पा प्रहार गर्दा श्रीमतीको घटनास्थलमै मृत्यु भएको छ। प्रहरीका अनुसार