-->

चिलिमेको सुरुङबाट निकालेका ५ वटा शव आफन्तले बुझे

Nawalpurfm

नवलपुर, असोज १ । चिलिमे जलविद्युत् केन्द्रको सुरुङबाट हिजो निकालेका पाँच वटा शव आफन्तले बुझेका छन् ।

भोटेकोशी नदीमा बाढी आउँदा केन्द्रको सुरुङभित्र ज्यान गुमाएका इन्जिनियर सन्तोष पाण्डे, इलेक्ट्रिक सुपरभाइजर मीनराज मोक्तान, चौकीदारहरू श्यामबहादुर थापामगर र तिलकबहादुर थापामगर तथा नेपाल विद्युत् प्राधिकरणका कर्मचारी लाक्पा तामाङको शव पहिचानपछि परिवारजनलाई हस्तान्तरण गरेको चिलिमे जलविद्युत् कम्पनीका प्रबन्ध निर्देशक बाबुराजा महर्जनले जानकारी दिनुभयो ।

उद्धार टोलीले विद्युत् केन्द्रको सुरुङको बाहिरी भागदेखि झन्डै १५० मिटरभित्र रहेको ‘कन्ट्रोल रुम’ क्षेत्रबाट हिजो उनीहरूको शव निकालेको थियो ।

यसैबीच भोटेकोशी बाढीमा बेपत्ता हुनेको सङ्ख्या ६ हजार १५० जना पुगेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले अस्ति मङ्गलवार सार्वजनिक गरेको विवरणमा बेपत्ताको सङ्ख्या ५ हजार १७९ जना थियो ।

तर हिजो बेलुकाको विवरणमा ९७१ जनाले बढेर ६ हजार १५० पुगेको हो । प्राधिकरणका अनुसार जिल्ला तहबाट नाम, थर र विस्तृत विवरण पुष्टि भएर आएपछि बेपत्ता सूची अद्यावधिक गर्दा सङ्ख्या बढेको हो । बेपत्ता सूचीमा स्थानीयवासी, अन्य जिल्लाका नेपाली र विदेशी नागरिकसमेत रहेका छन् ।

प्राधिकरणका अनुसार बाढीमा परेर १ हजार ४३ जनाको ज्यान गएको पुष्टि भएको छ । मृतकको पहिचानका लागि १ हजार २८६ शवबाट डीएनए नमूना सङ्कलन भएको छ ।

बाढीमा घाइते भएका ३४४ जनाको उपचार भइरहेको छ भने विस्थापित १ हजार ५१५ जनालाई नुवाकोट र रसुवाका २९ वटा होल्डिङ सेन्टरमा राखिएको छ ।

प्रतिकृया दिनुहोस
Nawalpurfm

आज गणेशमान सिंहको २९औँ स्मृति दिवस

नवलपुर,असोज २ । २०४६ सालको जनआन्दोलनका सर्वोच्च कमाण्डर गणेशमान सिंहको २९ औँ स्मृति दिवस आज कांग्रेसका भ्रातृ एवं शुभेच्छुक संस्थाले विविध

Nawalpurfm

बिग्रिएको सडकको जानकारी अब मोबाइल एपबाटै

नवलपुर,असोज २ । काठमाण्डौ उपत्यकामा सडक बिग्रिएको छ ? सडकमा खाल्डाखुल्डी छन्, पानी जमेको छ वा सडक निर्माणका क्रममा समस्या देखिएको छ रु अब यस्ता समस्या

Nawalpurfm

भोटेकोशी बाढीपछि क्रमश : लयमा फर्कँदै पर्यटन

नवलपुर,असोज २ । भोटेकोशी बाढीपछि सुस्ताएको पर्यटन क्षेत्र क्रमशः लयमा फर्कदै गएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सञ्चालन गरेको