-->

आज गणेशमान सिंहको २९औँ स्मृति दिवस

Nawalpurfm

नवलपुर,असोज २ । २०४६ सालको जनआन्दोलनका सर्वोच्च कमाण्डर गणेशमान सिंहको २९ औँ स्मृति दिवस आज कांग्रेसका भ्रातृ एवं शुभेच्छुक संस्थाले विविध कार्यक्रम गरी मनाउँदै छन् ।

नेपाली राजनीतिमा त्याग र साहसको उदाहरण प्रस्तुत गर्नुभएका सिंहले आन्दोलन सफल भएपछि तत्कालीन राजा वीरेन्द्रले प्रधानमन्त्री हुन गर्नुभएको आग्रह अस्वीकार गर्दै आफ्ना समकक्षी कृष्णप्रसाद भट्टराईलाई प्रस्ताव गर्नुभएको थियो । १९७२ साल कात्तिक २४ गते काठमाण्डौको क्षेत्रपाटीमा जन्मनुभएका नेता सिंहको २०५४ साल असोज २ गते निधन भएको हो ।

उहाँले प्रजा परिषद्को सदस्य भई राणाशासन हटाउने अभियानमा आफूलाई सक्रिय बनाउनुभएको थियो । उहाँले २००३ सालमा स्थापित नेपाली राष्ट्रिय कांग्रेसको नेतृत्व गर्नुभएको थियो । प्रजातन्त्र स्थापनाका लागि भएको २००७ सालको क्रान्तिका एक अगुवाका रूपमा उहाँले वीरगन्ज मोर्चामा सशस्त्र सङ्घर्ष गर्नुभएको थियो ।

विसं २०१५ सालमा पहिलो चुनाव भएपछि बनेको सरकारमा वरिष्ठ मन्त्री हुनुभएका उहाँले २०१७ सालपछि आठ वर्ष सिंहदरबार र सुन्दरीजल बन्दीगृहमा काराबास जीवन बिताउनुभयो । २०२५ सालमा बिपीसँगै सुन्दरीजल बन्दी गृहबाट रिहा भएपछि प्रवासमा राजनीतिक सङ्गठन विस्तार गर्नुभयो ।

विसं २०३३ मा बिपीसँगै राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिइ स्वदेश फर्केर पञ्चायती व्यवस्थाविरूद्ध सक्रिय रहनुभयो ।

प्रतिकृया दिनुहोस
Nawalpurfm

बिग्रिएको सडकको जानकारी अब मोबाइल एपबाटै

नवलपुर,असोज २ । काठमाण्डौ उपत्यकामा सडक बिग्रिएको छ ? सडकमा खाल्डाखुल्डी छन्, पानी जमेको छ वा सडक निर्माणका क्रममा समस्या देखिएको छ रु अब यस्ता समस्या

Nawalpurfm

भोटेकोशी बाढीपछि क्रमश : लयमा फर्कँदै पर्यटन

नवलपुर,असोज २ । भोटेकोशी बाढीपछि सुस्ताएको पर्यटन क्षेत्र क्रमशः लयमा फर्कदै गएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सञ्चालन गरेको

Nawalpurfm

नुवाकोटका बाढी प्रभावित ‘होल्डिङ सेन्टर’ छाडेर कोठातिर सर्दै

नवलपुर,असोज २ । भोटेकोशी बाढीबाट प्रभावित भई आश्रयस्थल होल्डिङ सेन्टरमा बस्दै आएका नुवाकोटका बासिन्दा अस्थायी बसोबासतर्फ सर्न थालेका छन् । गएको भदौ