-->

नुवाकोटका बाढी प्रभावित ‘होल्डिङ सेन्टर’ छाडेर कोठातिर सर्दै

Nawalpurfm

नवलपुर,असोज २ । भोटेकोशी बाढीबाट प्रभावित भई आश्रयस्थल होल्डिङ सेन्टरमा बस्दै आएका नुवाकोटका बासिन्दा अस्थायी बसोबासतर्फ सर्न थालेका छन् । गएको भदौ १० गतेको विनाशकारी बाढीका कारण नुवाकोटका चार पालिकाका बासिन्दा विस्थापित भएपछि उनीहरूलाई सुरक्षित रूपमा राख्न विभिन्न ठाउँमा होल्डिङ सेन्टर सञ्चालनमा ल्याइएको छ ।

होल्डिङ सेन्टरको बसाइ छोट्याउँदै प्रभावितलाई अस्थायी रूपमा कोठा लिएर बस्न प्रोत्साहित गर्ने सरकारको अभियानसँगै उनीहरू अस्थायी बसोबासमा जान थालेका हुन् । जिल्ला प्रशासन कार्यालय नुवाकोटका अनुसार गएको भदौ २२ गतेसम्म २८ वटा होल्डिङ सेन्टरमा दुई हजार ६३७ विस्थापित बसेका थिए । पछिल्लो समय भने होल्डिङ सेन्टरमा बस्नेहरुको सङ्ख्या क्रमशः घट्दै गएको छ ।

हिजोसम्म होल्डिङ सेन्टरको सङ्ख्या घटेर १६ मा झरेको छ । त्यहाँ बसोबास गर्नेको सङ्ख्या ८३२ जना रहेको प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मीले जानकारी दिनुभयो । होल्डिङ सेन्टरमा लामो समय बस्दा प्रभावितलाई थप असहज हुने भन्दै विदुर नगरपालिकाले प्रभावितलाई कोठा लिएर बस्न आग्रह गर्दै राहत कार्यक्रम घोषणा गरेको छ ।

सबैभन्दा धेरै प्रभावित विदुर नगरपालिकाले कोठा भाडाबापत मासिक १० हजार  रुपैयाँ उपलब्ध गराउने तथा आवश्यक बन्दोबस्तीका सामग्री राहतस्वरूप प्रदान गर्ने निर्णय गरेको छ । विदुर नगरपालिकाका मेयर राजन श्रेष्ठका अनुसार होल्डिङ सेन्टर छाडेर कोठामा बस्न जाने प्रभावितलाई खाद्य सामग्री, भाँडाकुँडा, सरसफाइका सामग्रीसहित अरु अत्यावश्यक सामग्री उपलब्ध गराउने नगर कार्यपालिकाको निर्णयपछि कोठामा जानेको सङ्ख्या बढेको हो ।

तीनै तहका सरकारले बाढीको जोखिमबाट उद्धार गरिएका प्रभावितलाई राख्न सञ्चालनमा ल्याइएका आश्रयस्थल खाली गर्न सहज होस् भनेर कोठाभाडाबापतको रकमसहित विभिन्न सुविधा घोषणा गरेका छन् । सरकारी घोषणासँगै प्रभावितहरूले पनि होल्डिङ सेन्टरको बसाइ छाडेर अस्थायी बसोबासको प्रबन्ध मिलाउन थालेका छन् । उपयुक्त ठाउँमा कोठा नपाउने वा कोठामा बस्न नसक्ने प्रभावितका लागि अस्थायी संरचना निर्माण गर्ने तयारी भइरहेको छ ।

सघन सहरी तथा भवन निर्माण आयोजना धादिङले बाढी प्रभावित क्षेत्रबाट विस्थापित भई होल्डिङ सेन्टरमा बस्दै आएकासँग प्रश्नावलीमार्फत उनीहरूको आवश्यकताबारे जानकारी सङ्कलन गरेको छ । कोठा लिएर बस्न नचाहने वा त्यसरी बस्न नसक्ने परिवारका लागि अस्थायी आवास निर्माण गर्ने तयारी गरिएको छ । भोटेकोशी बाढीपछि सुरक्षित ठाउँको खोजीमा विस्थापित भएका धेरैजसो प्रभावित नुवाकोटमा बसोबास गरिरहेका छन् । 

प्रतिकृया दिनुहोस
Nawalpurfm

आज गणेशमान सिंहको २९औँ स्मृति दिवस

नवलपुर,असोज २ । २०४६ सालको जनआन्दोलनका सर्वोच्च कमाण्डर गणेशमान सिंहको २९ औँ स्मृति दिवस आज कांग्रेसका भ्रातृ एवं शुभेच्छुक संस्थाले विविध

Nawalpurfm

बिग्रिएको सडकको जानकारी अब मोबाइल एपबाटै

नवलपुर,असोज २ । काठमाण्डौ उपत्यकामा सडक बिग्रिएको छ ? सडकमा खाल्डाखुल्डी छन्, पानी जमेको छ वा सडक निर्माणका क्रममा समस्या देखिएको छ रु अब यस्ता समस्या

Nawalpurfm

भोटेकोशी बाढीपछि क्रमश : लयमा फर्कँदै पर्यटन

नवलपुर,असोज २ । भोटेकोशी बाढीपछि सुस्ताएको पर्यटन क्षेत्र क्रमशः लयमा फर्कदै गएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सञ्चालन गरेको