-->

सुरुङमा फसेकाहरुको सकुशल उद्धार हुने आशामा खोजी काम चल्दै

Nawalpurfm

नवलपुर,भदौ २७ । यही भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको बाढीले क्षतिग्रस्त बनेका रसुवा र नुवाकोटका जलविद्युत् आयोजनाका सुरुङमा फसेकाहरुको सकुशल उद्धारको आशामा खोज तथा उद्धारको काम भैरहेको छ ।

नेपाली सेना तथा सम्बन्धित निकायहरूको निरन्तर प्रयासबाट रसुवाको स्याफ्रुबेँसीलाई प्रवेशद्वार बनाएर चिलिमे जलविद्युत् आयोजनाको सुरुङसम्म जोड्ने पहुँचमार्ग बनाइएको छ । सुरुङसम्म बाटो बनेसँगै एक्जाभेटर र लोडरको सहयोगमा सुरुङभित्रको ढुंगामाटो र हिलो फाल्न थालिएको सेनाले जनाएको छ ।

आज या भोलिसम्म सुरुङ छिचोलिने अपेक्षा गरिएको छ । लाङटाङ जलविद्युत् आयोजनामा पनि सेनाको टोली सुरुङभित्र प्रवेश गरेर खोज तथा उद्धारमा जुटिरहेको छ । माथिल्लो त्रिशूली १ जलविद्युत् आयोजनाको ‘सुरुङमा खोज तथा उद्धारको काम भैरहेको र सुरुङको दुई सय मिटर आसपासको क्षेत्रमा ड्रोनमार्फत रेकी गर्दा केही फेला नपरेको सेनाले जनाएको छ ।

त्रिशूली ३ ‘ए’को विद्युत गृह र सुरुङ क्षेत्रमा खोजी काम भैरहेको छ । यसमा नेपाली सेना, सशस्त्र प्रहरी र विदेशीसहितको संयुक्त टोली खोज तथा उद्धारमा जुटिरहेको छ । त्यस्तै, त्रिशूली ३ ‘बी’मा पनि खोज तथा उद्धार काम भइरहेको सेनाले जनाएको छ । 

प्रतिकृया दिनुहोस
Nawalpurfm

आज गणेशमान सिंहको २९औँ स्मृति दिवस

नवलपुर,असोज २ । २०४६ सालको जनआन्दोलनका सर्वोच्च कमाण्डर गणेशमान सिंहको २९ औँ स्मृति दिवस आज कांग्रेसका भ्रातृ एवं शुभेच्छुक संस्थाले विविध

Nawalpurfm

बिग्रिएको सडकको जानकारी अब मोबाइल एपबाटै

नवलपुर,असोज २ । काठमाण्डौ उपत्यकामा सडक बिग्रिएको छ ? सडकमा खाल्डाखुल्डी छन्, पानी जमेको छ वा सडक निर्माणका क्रममा समस्या देखिएको छ रु अब यस्ता समस्या

Nawalpurfm

भोटेकोशी बाढीपछि क्रमश : लयमा फर्कँदै पर्यटन

नवलपुर,असोज २ । भोटेकोशी बाढीपछि सुस्ताएको पर्यटन क्षेत्र क्रमशः लयमा फर्कदै गएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सञ्चालन गरेको