-->

विनयी त्रिवेणीमा खुर्पा प्रहारबाट श्रीमतीको मृत्यु, श्रीमान् पक्राउ

Nawalpurfm

नवलपुर,भदौ ३० । विनयी त्रिवेणी गाउँपालिका–३ चिसापानीमा श्रीमानले खुर्पा प्रहार गर्दा श्रीमतीको घटनास्थलमै मृत्यु भएको छ।

प्रहरीका अनुसार मंगलबार बिहान करिब ८ः४५ बजे ४३ वर्षीय शेरबहादुर विकले आफ्नै श्रीमती ४० वर्षीया उनिमाया विकको घाँटीमा धारिलो हतियार खुर्पा प्रहार गरेका थिए। खुर्पा प्रहारबाट गम्भीर घाइते हुनुभएको उनिमायाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

घटनाको जानकारी पाएलगत्तै अस्थायी प्रहरी पोस्ट सर्दीबाट प्रहरी नायब निरीक्षक सिताराम चौधरीको कमाण्डमा प्रहरी टोली घटनास्थल पुगेको थियो।

प्रहरीले घटनामा संलग्न रहेको आरोपमा शेरबहादुर विकलाई नियन्त्रणमा लिएको छ। उहाँलाई थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय दुम्किबास पठाइएको प्रहरीले जनाएको छ।

घटनाको कारण खुल्न बाँकी रहेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिकृया दिनुहोस
Nawalpurfm

नवलपुरको पेलेगाबाट निस्कीरहेको धुंवा बिशाक्त रहेको भनाई 

नारायण शर्मा । नवलपुर, असोज १ । नवलपुरको हुप्सेकोट गाउँपालिका–६ स्थित पेलेगा डाँडाबाट निस्किरहेको बाक्लो धुवाँमा कार्बन मोनोअक्साइड ग्यास रहेको

Nawalpurfm

नवलपुरको स्वास्थ्य अवस्था, चुनौती र आगामी योजनाबारे पत्रकारसँग अन्तरक्रिया

विमा गाहा मगर । नवलपुर,भदौ ३१ । प्रदेश जनस्वास्थ्य कार्यालय, नवलपुरको आयोजनामा जिल्लाको समग्र स्वास्थ्य अवस्था, चुनौती तथा आगामी योजनाबारे

Nawalpurfm

रसुवा बाढीपीडितका लागि प्याब्सन नवलपुरको ५० लाख एक सय ११ सहयोग

नवलपुर,भदौ ३० । देशका विभिन्न जिल्लामा आएको विनाशकारी बाढी तथा पहिरोबाट प्रभावित नागरिकको उद्धार, राहत र पुनर्स्थापनाका लागि निजी विद्यालयहरूको