बिग्रिएको सडकको जानकारी अब मोबाइल एपबाटै
नवलपुर,असोज २ । काठमाण्डौ उपत्यकामा सडक बिग्रिएको छ ? सडकमा खाल्डाखुल्डी छन्, पानी जमेको छ वा सडक निर्माणका क्रममा समस्या देखिएको छ रु अब यस्ता समस्या सम्बन्धित निकायसम्म पुर्याउन कार्यालय धाइरहनु नपर्ने भएको छ ।
सडक डिभिजन कार्यालय काठमाण्डौले ‘सडक सुझाव’ मोबाइल एप सञ्चालनमा ल्याएको छ । एपमार्फत काठमाण्डौ उपत्यकाका सडकमा देखिएका समस्या तथा सडक सुधार सम्बन्धी सुझाव नागरिकले मोबाइलबाटै पठाउन सक्नेछन् । यसका लागि ‘सडक सुझाव’ एप डाउनलोड गरी ‘समस्या रिपोर्ट गर्न सकिनेछ ।
सडक डिभिजन कार्यालयका अनुसार प्राप्त गुनासो तथा सुझावलाई समस्याको आवश्यकता, गम्भीरता र प्राथमिकताका आधारमा मूल्याङ्कन गरी समाधानको प्रक्रिया अघि बढाइनेछ। अहिले यो सेवा काठमाण्डौ उपत्यकाका झण्डै ४ सय ७२ किलोमिटर संघीय सडकका लागि प्रयोगमा ल्याइएको छ । अन्य सडक संघीय सडक अन्तर्गत नपर्ने भए त्यसको जिम्मेवार निकायबारे पनि एपले जानकारी दिने व्यवस्था गरिएको छ ।
यो सेवा क्रमशः ललितपुर, भक्तपुर हुँदै देशभर विस्तार गर्ने तयारी रहेको सडक डिभिजन कार्यालयले जनाएको छ ।

आज गणेशमान सिंहको २९औँ स्मृति दिवस
नवलपुर,असोज २ । २०४६ सालको जनआन्दोलनका सर्वोच्च कमाण्डर गणेशमान सिंहको २९ औँ स्मृति दिवस आज कांग्रेसका भ्रातृ एवं शुभेच्छुक संस्थाले विविध

भोटेकोशी बाढीपछि क्रमश : लयमा फर्कँदै पर्यटन
नवलपुर,असोज २ । भोटेकोशी बाढीपछि सुस्ताएको पर्यटन क्षेत्र क्रमशः लयमा फर्कदै गएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सञ्चालन गरेको

नुवाकोटका बाढी प्रभावित ‘होल्डिङ सेन्टर’ छाडेर कोठातिर सर्दै
नवलपुर,असोज २ । भोटेकोशी बाढीबाट प्रभावित भई आश्रयस्थल होल्डिङ सेन्टरमा बस्दै आएका नुवाकोटका बासिन्दा अस्थायी बसोबासतर्फ सर्न थालेका छन् । गएको भदौ








प्रतिकृया दिनुहोस