-->

उच्च मुद्रास्फीति र ब्याजदरले अष्ट्रेलियाको अर्थतन्त्र संकटमा

Nawalpurfm

नवलपुर,मंसिर ९ । अष्ट्रेलियामा आर्थिक मन्दी आउने जोखिम बढ्दै गएको भन्दै वित्तीय सेवा तथा लगानी बैंकिङ समूह म्याक्वेरीले चेतावनी दिएको छ । अष्ट्रेलियामा आर्थिक मन्दीको जोखिम झण्डै ५० प्रतिशत नजिक पुगेको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ ।

म्याक्वेरी समूहका प्रमुख अर्थशास्त्री तथा म्याक्रो रणनीति प्रमुख रिक डेभरेलले अष्ट्रेलियाको अर्थतन्त्रको गति कमजोर हुँदै गएको संकेत देखिएको बताउनुभएको छ ।

उहाँका अनुसार व्यवसायीहरूको कमजोर मनोबल र आर्थिक गतिविधिमा आएको सुस्तताले सन् २०२६ को अन्तिम त्रैमासिकमा अर्थतन्त्र संकुचित हुन सक्ने सम्भावना देखाएको छ । डेभरेलले अष्ट्रेलियाका विभिन्न व्यावसायिक सर्वेक्षणहरूले आर्थिक गतिविधिमा उल्लेखनीय सुस्तता आएको संकेत गरिरहेको बताउनुभयो ।

म्याक्वेरीका अनुसार उच्च मुद्रास्फीति, बढ्दो ब्याजदर र बेरोजगारीमा भइरहेको वृद्धिका कारण घरपरिवारहरू एकैपटक आर्थिक दबाबमा परेका छन् । यी परिस्थितिले अष्ट्रेलियामा आर्थिक मन्दीको जोखिम बढाएको समूहको विश्लेषण छ ।

यसअघि एचएसबीसीका अष्ट्रेलिया तथा न्युजिल्यान्डका प्रमुख अर्थशास्त्री पल ब्लक्सहमले पनि आगामी केही त्रैमासिक अवधिमा अष्ट्रेलियाको आर्थिक वृद्धि ठप्प हुन सक्ने प्रक्षेपण गर्नुभएको थियो। उहाँले समेत आर्थिक मन्दीको सम्भावना ५० प्रतिशत रहेको बताउनुभएको थियो ।

संघीय संसद्मा अर्थतन्त्रसम्बन्धी धारणा प्रस्तुत गर्दै अष्ट्रेलियाका कोषाध्यक्ष जिम चाल्मर्सले मुद्रास्फीति र उच्च ब्याजदरका कारण अबको दुई वर्षसम्म वार्षिक जीडीपी वृद्धि दुई प्रतिशतभन्दा निकै तल झर्न सक्ने बताउनुभयो । तैपनी कोषाध्यक्ष र केन्द्रीय बैंक दुवैले अर्थतन्त्र ऋणात्मक दिशामा जाने अर्थात् संकुचन हुने अपेक्षा भने नगरेको उहाँले स्पष्ट पार्नुभयो ।

प्रतिकृया दिनुहोस
Nawalpurfm

जेन्सेन एनभिडियाको मुख्यालय फर्किए, एशियाली शेयर बजारमा सकारात्मक प्रभाव

नवलपुर,मंसिर ८ । अमेरिकी प्रविधि कम्पनी एनभिडियाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) जेन्सेन हुआङ फेरि कम्पनीको मुख्यालय फर्किएपछि कर्मचारीले भव्य

Nawalpurfm

दक्षिण अफ्रिकामा ३ महिनाभित्र झन्डै ६०० महिलाको हत्या

नवलपुर,मङ्सिर ४ ।  दक्षिण अफ्रिकामा यस वर्षको जुलाईदेखि सेप्टेम्बर महिनाको बीचमा झन्डै ६०० जना महिलाको हत्या भएको छ । आज सार्वजनिक भएको

Nawalpurfm

पाँच युरोपेली देशले रुवान्डामा आप्रवासी फिर्ती केन्द्र खोल्ने

नवलपुर,मंसिर १ । युरोपेली संघ (ईयू) का पाँच देशले सन् २०२७ देखि रुवान्डामा आप्रवासी फिर्ती केन्द्र खोल्ने भएका छन् । जर्मनी, डेनमार्क, अस्ट्रिया, ग्रीस

↑