-->

जेन्सेन एनभिडियाको मुख्यालय फर्किए, एशियाली शेयर बजारमा सकारात्मक प्रभाव

Nawalpurfm

नवलपुर,मंसिर ८ । अमेरिकी प्रविधि कम्पनी एनभिडियाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) जेन्सेन हुआङ फेरि कम्पनीको मुख्यालय फर्किएपछि कर्मचारीले भव्य स्वागत गरेका छन् ।

जेन्सेन हुआङ पुनः पदमा फर्किएपछि एशियाली शेयर बजारमा सकारात्मक प्रभाव परेको छ । चिनियाँ जासुस भएको आरोप लागेकी एक महिलासँग सम्बन्ध रहेको विषय सार्वजनिक भएपछि हुआङले यसै महिनाको शुरुमा पदबाट राजीनामा दिनुभएको थियो ।

तर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले एनभिडियाको सञ्चालक समितिसँग छलफल गरेर हुआङलाई पुनः जिम्मेवारीमा फर्काउन सहमति जुटाएको बताउनुभएको थियो ।

साथै ट्रम्पले हुआङको पुनरागमनबाट राष्ट्रिय सुरक्षामा जोखिम नरहेको बताएको बीबीसीले जनाएको छ । जेन्सेनले दोस्रो अवसर दिएकोमा सबैलाई धन्यवाद दिँदै यसपटक अझ राम्रो प्रमुख कार्यकारी बन्ने बताउनुभएको छ ।

प्रतिकृया दिनुहोस
Nawalpurfm

दक्षिण अफ्रिकामा ३ महिनाभित्र झन्डै ६०० महिलाको हत्या

नवलपुर,मङ्सिर ४ ।  दक्षिण अफ्रिकामा यस वर्षको जुलाईदेखि सेप्टेम्बर महिनाको बीचमा झन्डै ६०० जना महिलाको हत्या भएको छ । आज सार्वजनिक भएको

Nawalpurfm

पाँच युरोपेली देशले रुवान्डामा आप्रवासी फिर्ती केन्द्र खोल्ने

नवलपुर,मंसिर १ । युरोपेली संघ (ईयू) का पाँच देशले सन् २०२७ देखि रुवान्डामा आप्रवासी फिर्ती केन्द्र खोल्ने भएका छन् । जर्मनी, डेनमार्क, अस्ट्रिया, ग्रीस

Nawalpurfm

अमेरिकामा हवाई उडानमा लगाइएको रोक हट्यो

नवलपुर,कात्तिक २८ । अमेरिकाभर उडानहरूमा यसअघि लगाइएको रोक हटेको छ । यससँगै विमानहरूले उडान भर्न थालेका छन्, तर उडानहरूमा ढिलाइ हुने सम्भावना छ ।

↑