-->

१०औँ राष्ट्रिय खेलकुद आजदेखि, औपचारिक उद्घाटन भने १६ गते गरिने

Nawalpurfm

नवलपुर,मंसिर ८ । लामो समयको प्रतीक्षापछि कर्णालीमा १०औँ राष्ट्रिय खेलकुद आजदेखि शुरु हुन लागेको छ ।

प्रतियोगिताका लागि कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा सम्पूर्ण तयारी पूरा भएको छ । दशौं राष्ट्रिय खेलकुदको प्राविधिक समितिबाट अनुमोदन भएको तालिकाअनुसार आजदेखि ६ खेल हुनेछन् ।

जसमा पुरुष क्रिकेट, पुरुष फुटबल, महिला बास्केटबल, टेनिस र पौडी रहेका छन् । यो प्रतियोगिताको औपचारिक उद्घाटन यही १६ गते हुनेछ ।

तर त्यसअघि नै खेलहरु सञ्चालन हुन लागेका हुन् । १० औँ राष्ट्रिय खेलकुदका ३२ मध्ये २३ खेल सुर्खेतमा हुने छन् ।

त्यसबाहेक बर्दिया, सल्यान, रुकुम पश्चिम, दैलेख, कालिकोट र नेपालगञ्जमा पनि केही खेल हुने तय भएको छ । लुम्बिनी प्रदेशका दुई जिल्लामा खेल तय हुँदा कर्णाली प्रदेशको हुम्ला, जुम्ला, जाजरकोट, मुगु र डोल्पामा खेल राखिएको छैन ।

धेरै प्रतियोगिताहरू सुर्खेतको रंगशालामा हुनेछन् । खेलको उद्घाटन र समापन सुर्खेतकै रंगशालामा हुनेछ । समापन यही मंसिर २७ मा हुने तय भएको छ ।

प्रतिकृया दिनुहोस
Nawalpurfm

४३ ओभरमा ६३ रनको साझेदारी, भारतसँगको पहिलो टेस्ट बराबरी

नवलपुर, मंसिर ७ । भारत र घरेलु टोली न्युजिल्यान्डबीचको पहिलो टेस्ट क्रिकेट बराबरीमा सकिएको छ । वेलिङ्टनमा खेलको पाँचौँ दिन न्युजिल्यान्डले दोस्रो

Nawalpurfm

दशौँ राष्ट्रिय खेलकुदको खेलस्थल तालिका सार्वजनिक

नवलपुर,मंसिर ६ । यही मङ्सिर  १६ देखि २७ गतेसम्म सञ्चालन हुने दशौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा समावेश ३२ खेलको प्रतियोगितास्थल सार्वजनिक गरिएको

Nawalpurfm

एशिया कप राइजिङ स्टार्समा नेपालले आज यूएईसँग खेल्दै

नवलपुर,मंसिर ६ । एशिया कप राइजिङ स्टार्सको आफ्नो दोस्रो खेलमा नेपालले आज यूएईसँग खेल्दैछ । यो खेल कतारको दोहामा नेपाली समयअनुसार बिहान पौने १२

↑