हुप्सेकोटमा श्रीमद्भागवत महायज्ञ तथा शैक्षिक महोत्सवको चौथो दिन पनि जारी
नवलपुर,मङ्सिर ४ । पूर्वी नवलपरासीको हुप्सेकोट गाउँपालिका–३ बेलहानीमा मङ्सिर १ गतेदेखि सुरु भएकोश्रीमद्भागवत बृहत् धनधान्याञ्चल ज्ञान महायज्ञ एवं शैक्षिक महोत्सव–२०८३ को चौथो दिन आज पनि जारी छ । मङ्सिर ९ गतेसम्म सञ्चालन हुने महायज्ञ नेपाल शान्ति माध्यमिक विद्यालय र हुप्सेकोट प्राविधिक शिक्षालयको संयुक्त आयोजनामा भएको हो । चौथो दिन शुक्रबार मुल समारोह समितिका अध्यक्ष तथा हुप्सेकोट प्राविधिक शिक्षालयका व्यवस्थापन समितिका अध्यक्ष टोप बहादुर कार्कीको अध्यक्षता तथा शसस्त्र प्रहरीका पूर्व SSP मान बहादुर रजाली मगरको प्रमुख आतिथ्यतामा सम्पन्न संचालन भएको हो ।
नेपाल शान्ति माध्यमिक विद्यालय र हुप्सेकोट प्राविधिक शिक्षालयको शैक्षिक गुणस्तर अभिवृद्धि तथा प्रविधियुक्त र सीपमूलक शिक्षा प्रदान गर्ने उद्देश्यले महायज्ञ आयोजना गरिएको मूल समारोह समितिका अध्यक्ष टोप बहादुर कार्कीले जानकारी दिनुभयो।
कार्यक्रममा बोल्नुहुँदै प्रमुख अतिथि रजालीले विद्यालयको सहयोगका लागि आफूले जुनसुकै कदम उठाउन समेत तत्पर रहेको प्रतिबद्धता व्यक्त गर्नुभयो ।
चौथो दिनको महायज्ञमा हुप्सेकोट ३ का वडा अध्यक्ष विष्णु राना लगायत विभिन्न शैक्षिक तथा धार्मिक व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।
महायज्ञमा पण्डित बासुदेव घिमिरे र आचार्य शिवशक्ति दासजी महाराजबाट संगीतमय श्रीमद्भागवत कथावाचन, भजनकीर्तनसहित विभिन्न धार्मिक तथा सांस्कृतिक कार्यक्रम सञ्चालन हुनेछन्। आयोजकले महायज्ञमा सहभागी भई सहयोग र सद्भाव प्रदान गर्न सबैमा आग्रह गरेको छ।
हरेक दिन बिहान ७ बजेदेखि हवन पूजन विभिन्न धार्मिक कार्यक्रमहरू र साँझ ७ बजेदेखि ९:३० बजेसम्म भजन किर्तन समेत रहने आयोजकले जनाएको छ । साथै महायज्ञमा राष्ट्रिय कलाकारहरूको प्रस्तुति, देवलीला झाँकी, शृङ्गारिक महाआरती, नवग्रह शान्ति, १००८ शालिग्राम दर्शन, कालसर्प योग, व्रतबन्ध , ८४ पूजा , पितृ मोक्ष कार्य ,महातुलादान तथा ज्योतिषीय परामर्शलगायतका कार्यक्रमसमेत आकर्षणका रूपमा रहेका छन्। धार्मिक आस्था, सामाजिक एकता र शैक्षिक विकासलाई एकैसाथ जोड्ने उद्देश्यले आयोजना हुन लागेको महायज्ञलाई सफल बनाउन आयोजकले सम्पूर्ण महानुभावहरूलाई उपस्थित भई सहयोग, सहभागिता र सद्भाव प्रदान गर्न आग्रह गरेको छ।

हुप्सेकोट–३ बेलहानीमा श्रीमद्भागवत महायज्ञ तथा शैक्षिक महोत्सव सुरु
नवलपुर, मङ्सिर २। नवलपुरको हुप्सेकोट गाउँपालिका–३ बेलहानीमा श्रीमद्भागवत बृहत् धनधान्याञ्चल ज्ञान महायज्ञ एवं शैक्षिक महोत्सव–२०८३ सुरु

हुप्सेकोट–३ बेलहानीमा श्रीमद्भागवत महायज्ञ तथा शैक्षिक महोत्सवको तयारी तीव्र
नवलपुुर, कात्तिक २७ । नवलपुरको हुप्सेकोट गाउँपालिका–३ बेलहानीमा आयोजना हुन लागेको श्रीमद्भागवत बृहत् धनधान्याञ्चल ज्ञान महायज्ञ एवं शैक्षिक

विनयी त्रिवेणीको भेडीगाउँमा गाई मारेको बाघ नियन्त्रणमा लिन प्राविधिक टोली असफल, डार्ट टोलि फर्कियो
नवलपुर, कात्तिक २६ । नवलपुरको विनयी त्रिवेणी गाउँपालिका–५ स्थित भेडीगाउँमा तीनवटा गाई मारेको पाटेबाघलाई नियन्त्रणमा लिने प्रयास असफल भएको छ।


.2026-11-12-06-40-08.jpeg)




प्रतिकृया दिनुहोस