-->

हुप्सेकोट–३ बेलहानीमा श्रीमद्भागवत महायज्ञ तथा शैक्षिक महोत्सव सुरु

Nawalpurfm

नवलपुर, मङ्सिर २। नवलपुरको हुप्सेकोट गाउँपालिका–३ बेलहानीमा श्रीमद्भागवत बृहत् धनधान्याञ्चल ज्ञान महायज्ञ एवं शैक्षिक महोत्सव–२०८३  सुरु भएको छ। मङ्सिर ९ गतेसम्म सञ्चालन हुने महायज्ञको उद्घाटन चौधरी फाउण्डेसनका सचिव तथा सीजी समूहका निर्देशक सारिका चौधरीले गर्नुभएको हो।

नेपाल शान्ति माध्यमिक विद्यालय र हुप्सेकोट प्राविधिक शिक्षालयको शैक्षिक गुणस्तर अभिवृद्धि गर्नुका साथै प्रविधियुक्त, सीपमूलक तथा व्यावहारिक शिक्षा प्रदान गर्ने उद्देश्यले महायज्ञ आयोजना गरिएको मूल समारोह समितिका अध्यक्ष लक्ष्मीकान्त पाण्डेले जानकारी दिनुभयो।

हुप्सेकोट प्राविधिक शिक्षालय व्यवस्थापन समितिका अध्यक्ष टोपबहादुर कार्कीको अध्यक्षतामा सम्पन्न उद्घाटन समारोहमा प्रमुख अतिथि चौधरीले विद्यालयको शैक्षिक विकास र सहयोगका लागि आफूहरू जुनसुकै कदम चाल्न पनि तयार रहेको प्रतिबद्धता व्यक्त गर्नुभयो।

कार्यक्रममा विशिष्ट अतिथिका रूपमा उपस्थित हुप्सेकोट गाउँपालिकाकी अध्यक्ष लक्ष्मीदेवी पाण्डेले महायज्ञले समग्र हुप्सेकोटको पहिचान स्थापित गर्न महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो। उहाँले शैक्षिक तथा धार्मिक क्षेत्रको विकासका लागि सबै धर्मानुरागी, शिक्षाप्रेमी तथा समाजसेवीलाई सहयोग गर्न आग्रह गर्दै गाउँपालिकाको तर्फबाट पनि शैक्षिक विकासमा आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

उद्घाटन समारोहमा हुप्सेकोट गाउँपालिका–३ का वडाध्यक्ष विष्णु रानासहित विभिन्न शैक्षिक तथा धार्मिक व्यक्तित्वहरूको उपस्थिति रहेको थियो। कार्यक्रममा गाउँपालिकाभित्रका विभिन्न विद्यालयका शिक्षक तथा विद्यार्थीहरूको समेत सहभागिता रहेको थियो।

आयोजकका अनुसार महायज्ञबाट संकलित सहयोग विद्यालयको शैक्षिक गुणस्तर सुधार, प्राविधिक शिक्षाको विस्तार तथा आवश्यक शैक्षिक पूर्वाधार विकासमा उपयोग गरिने उद्देश्य राखिएको छ।

महायज्ञलाई सफल बनाउन आयोजकले सम्पूर्ण श्रद्धालु भक्तजन, शिक्षाप्रेमी, समाजसेवी तथा स्थानीयवासीलाई सहभागी भई आर्थिक, नैतिक तथा भौतिक सहयोग प्रदान गर्न आग्रह गरेको छ।

प्रतिकृया दिनुहोस
Nawalpurfm

हुप्सेकोट–३ बेलहानीमा श्रीमद्भागवत महायज्ञ तथा शैक्षिक महोत्सवको तयारी तीव्र

नवलपुुर, कात्तिक २७ । नवलपुरको हुप्सेकोट गाउँपालिका–३ बेलहानीमा आयोजना हुन लागेको श्रीमद्भागवत बृहत् धनधान्याञ्चल ज्ञान महायज्ञ एवं शैक्षिक

Nawalpurfm

विनयी त्रिवेणीको भेडीगाउँमा गाई मारेको बाघ नियन्त्रणमा लिन प्राविधिक टोली असफल, डार्ट टोलि फर्कियो 

नवलपुर, कात्तिक २६ । नवलपुरको विनयी त्रिवेणी गाउँपालिका–५ स्थित भेडीगाउँमा तीनवटा गाई मारेको पाटेबाघलाई नियन्त्रणमा लिने प्रयास असफल भएको छ।

Nawalpurfm

गैँडाकोटमा लागूऔषधसहित चार जना पक्राउ, १ किलो ५६५ ग्राम गाँजा बरामद

नवलपुर, कात्तिक २६ । नवलपुरको गैँडाकोटमा लागूऔषधसहित चार जना पक्राउ परेका छन्। प्रहरीले उनीहरूको साथबाट विभिन्न प्रकारका लागूऔषधका क्याप्सुल तथा

↑