बझाङमा अटोरिक्सा दुर्घटनाःएकै परिवारका ४ जनाले ज्यान गुमाए
नवलपुर, कात्तिक ३० । बुङ्गल नगरपालिका–१० टुमेडामा आज बिहान भएको अटोरिक्सा दुर्घटनामा एकै परिवारका चार जनाले ज्यान गुमाएका छन् ।
टुमेडा गाउँबाट बिथ्थडचिर गाउँपालिकाको बिथ्थड बजारका लागि छुटेको सुदूरपश्चिम प्रदेश ०१–००१ ह ७९९८ नम्बरको अटोरिक्सा सडकबाट झन्डै ९०० मिटर तल भीरमा खसेर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।
दुर्घटनामा बुङ्गल नगरपालिका–१० की राजमति महरा, उहाँका ७ वर्षीय छोरा रियास, २ वर्षीया छोरी रियासा र १६ वर्षीया भतिजी तारा महराको ज्यान गएको हो ।
दुर्घटनामा एउटै परिवारका चार जनाले ज्यान गुमाएपछि परिवार, आफन्त, छरछिमेक र गाउँ नै शोकमा डुबेको छ ।
श्रीमती, छोरा, छोरी र भतिजी गुमाएका दीपक महराको परिवारमा ठूलो वज्रपात परेको वडा–१० का अध्यक्ष प्रेम ओखेडाले बताउनुभएको छ । उहाँका अनुसार ज्यान गुमाउनेहरू दशैँ–तिहार मनाएर डडेल्धुरातर्फ जान लागेका थिए ।
स्थायी शिक्षक रहेका दीपकले डडेल्धुराको गन्यापधुरा गाउँपालिकामा रहेको गणेश माध्यमिक विद्यालय बडालमा अध्यापन गराउँदै आउनुभएको थियो । छोरा रियास र भतिजी तारा त्यहीँ अध्ययनरत थिए ।
गएको साउनमा दीपकको बुङ्गल नगरपालिका–८ सत्य माध्यमिक विद्यालय तोलीचौरमा सरुवा भएको थियो ।
दुर्घटना भएको अटोरिक्साका चालक बुङ्गल नगरपालिका–११ का २५ वर्षीय टेकबहादुर पातलीलाई प्रहरीले पक्राउ गरेर थप अनुसन्धान थालेको छ ।
अटोरिक्सामा रहेका १३ वर्षीय विक्रम महरा भने सकुशल रहेको जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी निरीक्षक उपेन्द्र तिमिल्सैनाले जानकारी दिनुभयो ।

काभ्रेमा ३६ जना चिनियाँ नागरिक पक्राउ
नवलपुर, मंसिर १ । काभ्रेमा ३६ जना चिनियाँ नागरिक पक्राउ परेका छन् । विदेशी नागरिकले शङ्कास्पद गतिविधि गरिरहेको गुनासोका आधारमा पाँचखाल नगरपालिका वडा

पत्रकार महासङ्घद्वारा सरकारविरुद्ध आन्दोलनका कार्यक्रम घोषणा
नवलपुर, मंसिर १ । नेपाल पत्रकार महासङ्घले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको संरक्षण, पत्रकारको पेशागत सुरक्षा र श्रम अधिकारको सुनिश्चितताका लागि

भारतबाट ३५० मेगावाट बिजुली आयात र ५६ मेगावाट निर्यात गर्न अनुमति
नवलपुर, मंसिर १ । नेपाल विद्युत् प्राधिकरणले यस वर्षको हिउँदयाममा भारतबाट ३५० मेगावाट बिजुली आयात गर्न अनुमति पाएको छ । भारतको विद्युत्



.2026-11-12-06-40-08.jpeg)



प्रतिकृया दिनुहोस