-->

पहाडी र हिमाली केही ठाउँमा हल्का वर्षा, केही ठाउँमा असिना र हिमपातको सम्भावना

Nawalpurfm

नवलपुर,कात्तिक २९ । पहाडी र हिमाली भेगका केही ठाउँमा बिहानैदेखि हल्का पानी पर्न थालेको छ ।

आज केही ठाउँमा असिनासहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार पश्चिमी वायुको प्रभावले गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली भू-भागमा मेघगर्जन, चट्याङ र असिनासहित मध्यम किसिमको वर्षा र हिमपात हुन सक्छ । कोशी, बागमती र लुम्बिनी प्रदेशको हिमाली र पहाडी भेगको एक–दुई ठाउँमा पनि हल्का वर्षा र हिमपातको सम्भावना छ ।

तराईका धेरैजसो ठाउँमा भने वर्षाको सम्भावना नरहेको मौसमविद्ले बताएका छन् । भोलि र पर्सि आजजस्तो वर्षा नहुने तर पहाडी र हिमाली भेगका एक–दुई ठाउँमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार बुधवार भने मौसम मुख्यतया सफा रहनेछ । आज केही ठाउँमा मध्यमसम्मको वर्षा हुन सक्ने भएकाले धानबालीमा ध्यान दिन मौसमविद्को आग्रह छ ।

यसैबीच बंगालको खाडीमा विकसित भएको न्यूनचापीय क्षेत्र भोलि बेलुकासम्म चक्रवात आँधीमा परिणत हुन सक्ने भए पनि नेपालमा यसको खासै असर नपर्ने देखिएको महाशाखाले जनाएको छ ।

यसअघि आएका यस्तै किसिमका चक्रवातहरूको प्रभाव नेपालमा पनि देखिने गरेको थियो 

प्रतिकृया दिनुहोस
Nawalpurfm

छठ पर्वका लागि केराको किनबेच बढ्यो, स्वदेशी केराले माग धान्ने

नवलपुर,कात्तिक २८ । छठ पर्व शुरु भएसँगै जनकपुरधामसहित तराई–मधेशका बजारमा केराको किनबेच बढेको छ ।  यस वर्ष भारतबाट केरा आयात नभए पनि स्वदेशी

Nawalpurfm

चीन भ्रमणलाई फलदायी बनाउन सभापति लामिछानेको निर्देशन

नवलपुर,कात्तिक २८ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले चीन भ्रमणलाई फलदायी बनाउन भ्रमण दलका सदस्यहरूलाई निर्देशन दिनुभएको

Nawalpurfm

चीन भ्रमणमा जाने रास्वपाको टोलीद्वारा सभापति लामिछानेसँग छलफल

नवलपुर,कात्तिक २८ । चीन भ्रमणमा जान लागेको सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० को प्रतिनिधिमण्डलले आज पार्टीका सभापति रवि

↑