चीन भ्रमणलाई फलदायी बनाउन सभापति लामिछानेको निर्देशन
नवलपुर,कात्तिक २८ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले चीन भ्रमणलाई फलदायी बनाउन भ्रमण दलका सदस्यहरूलाई निर्देशन दिनुभएको छ ।
सभापति निवासमा आज भएको छलफलमा उहाँले भ्रमणको उद्देश्यमा केन्द्रित हुन र संहिता पालना गर्न निर्देशन दिनुभएको रास्वपाका मुख्य सचेतक कविन्द्र बुर्लाकोटीले जानकारी दिनुभयो । चिनियाँ कम्युनिस्ट पार्टी (सिपीसी) को औपचारिक निमन्त्रणामा रास्वपाका महामन्त्री विपिन आचार्यको नेतृत्वमा पार्टीको उच्चस्तरीय प्रतिनिधिमण्डल भोलीदेखि चीनको भ्रमणमा जाँदैछ ।
भ्रमण टोलीमा महामन्त्री आचार्यको नेतृत्वमा सांसदहरू गणेश पराजुली, हरि ढकाल, कविन्द्र बुर्लाकोटी, लिमा अधिकारी आचार्य, समीक्षा बास्कोटा, सागर ढकाल, सुशान्त वैदिक, रिमा विश्वकर्मा, रमेशकुमार सापकोटा, डा धनञ्जय रेग्मी, गजला शमिम मिकरानी, श्रीराम न्यौपाने, डा राम लामा, पुनमकुमारी अग्रवाल, डा आनन्दबहादुर चन्द, डा सुजाता तामाङ, पुष्पाकुमारी चौधरी, अरविन्द शाह र रत्ना थापा सहभागी हुनुहुन्छ ।

पहाडी र हिमाली केही ठाउँमा हल्का वर्षा, केही ठाउँमा असिना र हिमपातको सम्भावना
नवलपुर,कात्तिक २९ । पहाडी र हिमाली भेगका केही ठाउँमा बिहानैदेखि हल्का पानी पर्न थालेको छ । आज केही ठाउँमा असिनासहित मध्यमसम्मको वर्षा र हिमपातको

छठ पर्वका लागि केराको किनबेच बढ्यो, स्वदेशी केराले माग धान्ने
नवलपुर,कात्तिक २८ । छठ पर्व शुरु भएसँगै जनकपुरधामसहित तराई–मधेशका बजारमा केराको किनबेच बढेको छ । यस वर्ष भारतबाट केरा आयात नभए पनि स्वदेशी

चीन भ्रमणमा जाने रास्वपाको टोलीद्वारा सभापति लामिछानेसँग छलफल
नवलपुर,कात्तिक २८ । चीन भ्रमणमा जान लागेको सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० को प्रतिनिधिमण्डलले आज पार्टीका सभापति रवि



.2026-11-12-06-40-08.jpeg)




प्रतिकृया दिनुहोस