कात्तिक नाचमा ७८ वर्षपछि आजदेखि माध वानर नाच देखाइँदै
नवलपुर,कात्तिक २८ । ललितपुर पाटनको कात्तिक डबलीमा देखाइने प्रसिद्ध कात्तिक नाच अन्र्तगत आजदेखि माध वानर नाच प्रर्दशन हुने भएको छ । ७८ वर्षपछि देखाउन लागेको माध वानर नाच यसपालि मुख्य विशेषता रहेको कात्तिक नाच संरक्षण समितिका अध्यक्ष किरण चित्रकारले जानकारी दिनुभएको छ ।
आजदेखि चार दिनसम्म माध वानर लीलामा विभिन्न राजाहरुको कथामा आधारित नृत्य प्रर्दशन हुनेछ । आज पहिलो दिन राजा गोपिचन्द्रको कथा, भोलि राजा कामसेन, पर्सि देवी नाच र मंसिर १ गते राजा विक्रमादित्यको कथामा आधारित नाच प्रर्दशन हुने समितिले जनाएको छ ।
झण्डै ४ सय वर्ष पुरानो साँस्कृतिक कात्तिक नाच मङ्गलबजारको कार्तिक डवलीमा हिजोदेखि शुरु भएको हो । नाच १२ दिनसम्म नियमित रुपमा देखाइनेछ । पहिलो दिन हिजो सुरदास नाच प्रर्दशनी भएको थियो । कात्तिक नाच आउँदो मंसिर ८ गते समापन हुने समितिले जनाएको छ ।
कात्तिक नाचको प्रमुख र विशेष नृसिंह अवतारमा हिरण्य कश्यपुलाई नृसिंहले बध गरीने नाच हो । अन्य नाच बेलुका ७ बजे नै शुरु भए पनि बिष्णु पुराणमा आधारित यो नाच भने मध्यरातमा प्रर्दशनी हुने गरेको छ । हिरण्यकश्यपु दैत्य हुने नेवार समुदायका चित्रकार नै हुनुपर्ने नियम छ भने नृसिंह हुने हरिबंश उपाध्यायका बंशज नै हुनुपर्ने नियम छ ।
यो नाचमा नेवार समुदायका बिभिन्न जातजाति सहभागि हुने गरेपनि हिरण्यकश्यपु दैत्य चित्रकार, नृसिंह हुने कृष्ण मन्दिरका पुजारी राजोपाध्याय थरकै, देवी नृत्यमा पुजा गर्ने तलेजुका पुजारी खलक र दैत्यलाई ब्युझाउन खुवाउने पानी लिन जाने व्यक्ति सिद्धिनरसिह राजाका पुर्खा मल्लहरुले नै गर्नुपर्ने नियम अझै कायमै छ ।
कात्तिक महिनामा सञ्चालन हुने यो नाच २००६ सालसम्म वर्षमा २७ दिनसम्म सञ्चालन हुने गरेकोमा २०७० सालदेखि हरेक वर्ष १२ दिनसम्म नाच सञ्चालन हुदै आएको छ ।

पहाडी र हिमाली केही ठाउँमा हल्का वर्षा, केही ठाउँमा असिना र हिमपातको सम्भावना
नवलपुर,कात्तिक २९ । पहाडी र हिमाली भेगका केही ठाउँमा बिहानैदेखि हल्का पानी पर्न थालेको छ । आज केही ठाउँमा असिनासहित मध्यमसम्मको वर्षा र हिमपातको

छठ पर्वका लागि केराको किनबेच बढ्यो, स्वदेशी केराले माग धान्ने
नवलपुर,कात्तिक २८ । छठ पर्व शुरु भएसँगै जनकपुरधामसहित तराई–मधेशका बजारमा केराको किनबेच बढेको छ । यस वर्ष भारतबाट केरा आयात नभए पनि स्वदेशी

चीन भ्रमणलाई फलदायी बनाउन सभापति लामिछानेको निर्देशन
नवलपुर,कात्तिक २८ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले चीन भ्रमणलाई फलदायी बनाउन भ्रमण दलका सदस्यहरूलाई निर्देशन दिनुभएको



.2026-11-12-06-40-08.jpeg)




प्रतिकृया दिनुहोस