-->

आज हल्का वर्षा, भोलि केही ठाउँमा असिनासहित मध्यम वर्षाको सम्भावना

Nawalpurfm

नवलपुर,कात्तिक २८ । आज हिमाली तथा पहाडी भेगका एक, दुई ठाउँमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली तथा पहाडी भेगका साथै कर्णाली र सुदूरपश्चिम  प्रदेशको हिमाली भेगको एक/दुई ठाउँमा हल्का वर्षा र हिमपातको सम्भावना छ । तराईमा मौसम मुख्यतया सफा रहे पनि अरु ठाउँमा आंशिक बदली हुने महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार भोलि धेरै ठाउँमा मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ । भोलि गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाडी भेगको थोरै ठाउँमा मेघगर्जन चट्याङ, असिनासहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ ।

यस्तै कोशी, बागमती र लुम्बिनी प्रदेशको हिमाली र पहाडी भेगको एक/दुई ठाउँमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

भोलि धेरै ठाउँमा पानी पर्ने भएकाले धान तथा पराल बेलैमा थन्क्याउन मौसमविदको सुझाव छ ।

प्रतिकृया दिनुहोस
Nawalpurfm

पहाडी र हिमाली केही ठाउँमा हल्का वर्षा, केही ठाउँमा असिना र हिमपातको सम्भावना

नवलपुर,कात्तिक २९ । पहाडी र हिमाली भेगका केही ठाउँमा बिहानैदेखि हल्का पानी पर्न थालेको छ । आज केही ठाउँमा असिनासहित मध्यमसम्मको वर्षा र हिमपातको

Nawalpurfm

छठ पर्वका लागि केराको किनबेच बढ्यो, स्वदेशी केराले माग धान्ने

नवलपुर,कात्तिक २८ । छठ पर्व शुरु भएसँगै जनकपुरधामसहित तराई–मधेशका बजारमा केराको किनबेच बढेको छ ।  यस वर्ष भारतबाट केरा आयात नभए पनि स्वदेशी

Nawalpurfm

चीन भ्रमणलाई फलदायी बनाउन सभापति लामिछानेको निर्देशन

नवलपुर,कात्तिक २८ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले चीन भ्रमणलाई फलदायी बनाउन भ्रमण दलका सदस्यहरूलाई निर्देशन दिनुभएको

↑