बल्खु–दक्षिणकाली–हेटौँडा सडकमा चल्ने सार्वजनिक गाडीलाई नयाँ नियम
नवलपुर,कात्तिक २८ । बल्खु–दक्षिणकाली हुँदै हेटौंडा जोड्ने सडकमा दुर्घटना बढेपछि सरकारले यस रुटमा सार्वजनिक गाडी सञ्चालनमा कडाइ गरेको छ । जिल्ला प्रशासन कार्यालय काठमाण्डौले हिजो जरुरी सूचना निकालेर यस सडक खण्डमा राति गाडी सञ्चालन नगर्न भनेको छ ।
अबदेखि यस सडक खण्डमा चल्ने सार्वजनिक गाडी बेलुका ८ बजेसम्म प्रहरी चेकपोस्ट फर्पिङ पुगिसकेको हुनुपर्नेछ । यस्तै बिहान ५ बजेपछि मात्र बल्खुबाट गाडी सञ्चालन गर्न पाइनेछ ।
यात्रुबाहक भाडाका एवं सार्वजनिक गाडीको अवस्थाको पूर्ण रुपमा जाँच गरेर मात्र सञ्चालन गर्न पाइनेछ । प्रहरीले कडाइका साथ भाडाका एवं यात्रुबाहक हरेक गाडीको अनिवार्य रुपमा जाँच गर्ने व्यवस्था मिलाउन पनि प्रशासनले भनेको छ ।
साँघुरा सडक खण्ड, यान्त्रिक अवस्था ठिक नरहेका गाडीको प्रयोग, चालकको लापरबाही, तीव्र गति, भिरालो र घुम्तीयुक्त सडक, रातको समयमा अँध्यारो सडकमा यात्रा गर्दा दुर्घटना बढेको भन्दै प्रशासनले यस सडक खण्डमा गाडी सञ्चालनमा कडाइ गरेको हो । यो सडक खण्डमा पर्ने भीमफेदीमा अस्ति बिहीबार माइक्रोबस सडकबाट खसेर दुर्घटना हुँदा १४ जनाको ज्यान गएको थियो ।
तीव्र प्रतिस्पर्धाका कारण पटके ट्रिप एकै दिनमा गर्ने गरी चालकले भोग्ने अत्यधिक तनावको अवस्था एवं अनिद्रा जस्ता कारणबाट बारम्बार गम्भीर खालका दुर्घटना दोहोरिएको पाइएको सूचनामा उल्लेख छ । त्यसैले यात्रु तथा चालकको सुरक्षाका लागि यो व्यवस्था गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

पहाडी र हिमाली केही ठाउँमा हल्का वर्षा, केही ठाउँमा असिना र हिमपातको सम्भावना
नवलपुर,कात्तिक २९ । पहाडी र हिमाली भेगका केही ठाउँमा बिहानैदेखि हल्का पानी पर्न थालेको छ । आज केही ठाउँमा असिनासहित मध्यमसम्मको वर्षा र हिमपातको

छठ पर्वका लागि केराको किनबेच बढ्यो, स्वदेशी केराले माग धान्ने
नवलपुर,कात्तिक २८ । छठ पर्व शुरु भएसँगै जनकपुरधामसहित तराई–मधेशका बजारमा केराको किनबेच बढेको छ । यस वर्ष भारतबाट केरा आयात नभए पनि स्वदेशी

चीन भ्रमणलाई फलदायी बनाउन सभापति लामिछानेको निर्देशन
नवलपुर,कात्तिक २८ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले चीन भ्रमणलाई फलदायी बनाउन भ्रमण दलका सदस्यहरूलाई निर्देशन दिनुभएको



.2026-11-12-06-40-08.jpeg)




प्रतिकृया दिनुहोस