-->

भीमफेदीमा भएको दुर्घटनाप्रति प्रधानमन्त्री कार्यालयले दुःख व्यक्त गर्‍यो

Nawalpurfm

नवलपुुर, कात्तिक २७ । मकवानपुरको भीमफेदी गाउँपालिका–६ चिसापानीगढीमा हिजो भएको माइक्रोबस दुर्घटनाप्रति प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले दुःख व्यक्त गरेको छ ।

कार्यालयले ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली तथा शोकाकुल परिवारमा समवेदनासहित घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ ।

कार्यालयका सहसचिव एवम् प्रवक्ता हेमराज अर्यालले विज्ञप्तिमार्फत दुर्घटनाको वास्तविक कारण पहिचान गर्न मकवानपुरका सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरिएको जानकारी दिनुभयो । समितिलाई आउँदा दिनमा यस्ता दुर्घटना दोहोरिन नदिन आवश्यक सुझावसहित ७ दिनभित्र प्रतिवेदन पेश गर्ने जिम्मेवारी दिइएको छ ।

भीमफेदीमा भएको दुर्घटनामा १४ जनाको ज्यान गएको थियो भने ६ जना घाइते भएका थिए । घाइतेमध्ये ३ जना उपचारपछि डिस्चार्ज भइसकेका तथा बाँकी ३ जनाको चितवनको मनकामना अस्पताल र ललितपुरको मेडिसिटी अस्पतालमा उपचार भइरहेको विज्ञप्तिमा उल्लेख छ ।

सरकारले घाइतेको उपचारमा कुनै कमी हुन नदिन सम्बन्धित अस्पताललाई निर्देशन दिएको जनाएको छ । यस्तै ज्यान गुमाएकाका परिवारले पाउने क्षतिपूर्ति र बीमा रकम यथाशीघ्र उपलब्ध गराउन आवश्यक समन्वय गरी प्रक्रिया अघि बढाइएको कार्यालयले जनाएको छ ।

प्रतिकृया दिनुहोस
Nawalpurfm

सर्वोच्चका नवनियुक्त ४ न्यायाधीशले शपथ लिए

नवलपुुर, कात्तिक २७ । सर्वोच्च अदालतका नवनियुक्त चार जना न्यायाधीशले पद तथा गोपनीयताको शपथ लिएका छन् । राष्ट्रपति कार्यालय शीतल निवासमा आज आयोजित

Nawalpurfm

भीमफेदी दुर्घटनाः१३ जनाको शव आफन्तले बुझे

नवलपुुर, कात्तिक २७ । मकवानपुरको भीमफेदी गाउँपालिका–६ चिसापानीगढीमा हिजो बिहान भएको माइक्रोबस दुर्घटनामा ज्यान गुमाएका १३ जनाको शव आफन्तले बुझेका

Nawalpurfm

भीमफेदी दुर्घटनाःक्षतिपूर्तिको माग राखेर परिवार र आफन्तले शव उठाउन मानेनन्

नवलपुुर, कात्तिक २७ । मकवानपुरको भीमफेदीमा हिजो बिहान भएको माइक्रोबस दुर्घटनामा ज्यान गुमाएकाहरूको शव उठाउन परिवार र आफन्तले मानेका छैनन् ।

↑