-->

सर्लाहीको चक्रघट्टामा आज शोकबिदा, मृतकका परिवारलाई पालिकाले ५० हजार रुपैयाँ दिने

Nawalpurfm

नवलपुर,कात्तिक २७ । मकवानपुरको भीमफेदीमा हिजो भएको माइक्रोबस दुर्घटनामा एकै गाउँका १३ जनाको ज्यान गएपछि सर्लाहीको चक्रघट्टा गाउँपालिकाले आज शोक बिदा दिएको छ ।

दुर्घटनामा चक्रघट्टा गाउँपालिका–४ सुन्दरपुरका १३ जनाको ज्यान गएको हो । पालिकाले दुर्घटनामा ज्यान गुमाएका मृतकका परिवारलाई ५० हजार रुपैयाँका दरले आर्थिक सहयोग उपलब्ध गराउने निर्णयसमेत गरेको छ ।

छठ पर्व मनाउन घर फर्किंदै गरेका आफन्त र छिमेकीको ज्यान गएपछि सुन्दरपुर गाउँ शोकमा डुबेको छ । गाउँपालिकाले ज्यान गुमाएका नागरिकप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरेको छ । 

प्रतिकृया दिनुहोस
Nawalpurfm

सर्वोच्चका नवनियुक्त ४ न्यायाधीशले शपथ लिए

नवलपुुर, कात्तिक २७ । सर्वोच्च अदालतका नवनियुक्त चार जना न्यायाधीशले पद तथा गोपनीयताको शपथ लिएका छन् । राष्ट्रपति कार्यालय शीतल निवासमा आज आयोजित

Nawalpurfm

भीमफेदी दुर्घटनाः१३ जनाको शव आफन्तले बुझे

नवलपुुर, कात्तिक २७ । मकवानपुरको भीमफेदी गाउँपालिका–६ चिसापानीगढीमा हिजो बिहान भएको माइक्रोबस दुर्घटनामा ज्यान गुमाएका १३ जनाको शव आफन्तले बुझेका

Nawalpurfm

भीमफेदी दुर्घटनाःक्षतिपूर्तिको माग राखेर परिवार र आफन्तले शव उठाउन मानेनन्

नवलपुुर, कात्तिक २७ । मकवानपुरको भीमफेदीमा हिजो बिहान भएको माइक्रोबस दुर्घटनामा ज्यान गुमाएकाहरूको शव उठाउन परिवार र आफन्तले मानेका छैनन् ।

↑