आज कोशी, बागमती र गण्डकीका एक/दुई ठाउँमा हल्का वर्षाको सम्भावना
नवलपुर,कात्तिक २६ । आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका एक/दुई ठाउँमा हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
आज बिहान देशका धेरै ठाउँमा मौसम सफा छ । महाशाखाका अनुसार पश्चिमी वायुको आंशिक प्रभावका कारण हिमाली र पहाडी क्षेत्रमा आंशिक बादल लागेको छ । पछिल्लो २४ घण्टामा काठमाण्डौमा सबैभन्दा धेरै ३१.४ मिलिमिटर वर्षा मापन भएको छ ।
त्यस्तै गोरखा, सिन्धुपाल्चोक र संखुवासभामा पनि हल्का वर्षा भएको छ । यस्तै आज दिउँसो पनि कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी एक/दुई ठाउँमा हल्का वर्षाको सम्भावना छ भने बाँकी भागमा आंशिक बादल लाग्ने मौसमविद्ले बताएका छन् ।
तराईको मौसम भने सफा छ । मौसमका जानकार उज्ज्वल उपाध्यायकाअनुसार आज काठमाण्डौ उपत्यकासहित तराई र अन्य ठाउँमा बिहान बाक्लो हुस्सुरकुहिरो लाग्नेछ । लामो यात्रा तथा बाली काट्नेरभित्र्याउने गर्न कुनै बाधा नरहेको उहाँले बताउनुभयो ।

भीमफेदीमा माइक्रोबस दुर्घटनाःएकै परिवारका ६ सहित १४ जनाको ज्यान गयो
नवलपुर, कात्तिक २६ । मकवानपुरको भीमफेदीमा भएको माइक्रोबस दुर्घटनामा एकै परिवारका ६ सहित १४ जनाको ज्यान गएको छ । अरू ६ जना घाइते भएका छन्

मकवानपुरमा इभी गाडी दुर्घटनाः दशको मृत्यु, पाँच जना घाइते
नवलपुर,कात्तिक २६ । मकवानपुरको भीमफेदी गाउँपालिका–६ स्थित चिसापानी गढीमा इभी गाडी दुर्घटना हुँदा १० जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्

डिल्लीबजार कारागारमा रहेका टोपबहादुर रायमाझी रिहा
नवलपुर,कात्तिक २६ । नक्कली भुटानी शरणार्थी प्रकरणमा जेल सजाय भुक्तान गरिरहेका पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझी रिहा हुनुभएको छ । आज बिहान

.2026-11-12-06-40-08.jpeg)






प्रतिकृया दिनुहोस