सर्वोच्चका लागि सिफारिस चार न्यायाधीशको नाम सर्वसम्मत अनुमोदन
नवलपुर,कात्तिक २१ । संघीय संसद्को संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्तिका लागि सिफारिस भएका चार जनाको नाम सर्वसम्मतिले अनुमोदन गरेको छ ।
समितिको आज बसेको बैठकले उच्च अदालत पोखराका मुख्य न्यायाधीश डा रत्नबहादुर बागचन्द, उच्च अदालत पाटनका न्यायाधीश चन्द्रबहादुर सारू, उच्च अदालत पाटनको हेटौँडा इजलासका न्यायाधीश जनक पाण्डे र उच्च अदालत जनकपुरको वीरगन्ज इजलासका न्यायाधीश गोकर्ण डाँगीको नाम अनुमोदन गरेको हो ।
न्याय परिषद्ले गएको असोज २० गते सर्वोच्च अदालतको न्यायाधीश पदमा नियुक्तिका लागि उहाँहरूको नाम सिफारिस गरेको थियो । समितिले प्रस्तावित चारै जना न्यायाधीशको संसदीय सुनुवाइ प्रक्रिया यही कात्तिक १९ गतेदेखि सुरु गरेको थियो ।
समितिका सभापति बोधनारायण श्रेष्ठका अनुसार प्रस्तावित न्यायाधीशविरुद्ध १३ वटा उजुरी परेका थिए । न्याय परिषद्को सिफारिसमा संसदीय सुनुवाइ समितिबाट नाम अनुमोदन भएपछि राष्ट्रपतिले न्यायाधीश नियुक्त गर्ने संवैधानिक व्यवस्था छ ।

प्रधानमन्त्री राहत कोषमा १६ लाख ४० हजार सहयोग
नवलपुर, कात्तिक २१ । ठमेल पर्यटन विकास परिषद्ले प्रधानमन्त्री राहत कोषमा रु १६ लाख ४० हजार २१८ आर्थिक सहयोग गरेको छ । परिषद्ले गत भदौ १० गते रसुवाको

आज धन्वन्तरी जयन्ती एवं आरोग्यता दिवस मनाइँदै
नवलपुर,कात्तिक २१ । हरेक वर्ष कात्तिक कृष्ण त्रयोदशीका दिन मनाइने धन्वन्तरी जयन्ती एवम् आरोग्यता दिवस आज विभिन्न कार्यक्रम गरी मनाइँदैछ । वन

आज हिमाली र पहाडी क्षेत्रमा आंशिक बादल
नवलपुर,कात्तिक २१ । आज देशका हिमाली र पहाडी क्षेत्रमा आंशिक बादल लागेको छ । तराईसहित उपत्यका तथा खोँचहरूमा अहिले बिहानपख थोरै ठाउँमा हुस्सुरकुहिरो








प्रतिकृया दिनुहोस