आज धन्वन्तरी जयन्ती एवं आरोग्यता दिवस मनाइँदै
नवलपुर,कात्तिक २१ । हरेक वर्ष कात्तिक कृष्ण त्रयोदशीका दिन मनाइने धन्वन्तरी जयन्ती एवम् आरोग्यता दिवस आज विभिन्न कार्यक्रम गरी मनाइँदैछ ।
वन जङ्गलमा पाइने जडिबुटीमा आधारित प्राचीनतम् वैदिक चिकित्सापद्धति आयुर्वेदका प्रवर्तक धन्वन्तरीको उत्पत्ति भएको सम्झनामा धन्वन्तरी जयन्ती एवम् आरोग्यता दिवस मनाउने गरिन्छ । आजको दिनलाई आयुर्वेदका चिकित्सकले सत्सङ्कल्प गरी शुभकार्य प्रारम्भ गर्ने अवसरका रूपमा लिने गर्छन् ।
काठमाण्डौको नरदेवीमा आयुर्वेद क्याम्पसको स्थापना भएपछि नेपालमा विधिवत् धन्वन्तरी जयन्ती मनाउन थालिएको हो । त्यसबेला राजकीय आयुर्वेद महाविद्यालयका नाममा स्थापना भएको आयुर्वेद क्याम्पस आयुर्वेद अस्पतालको शिक्षण अस्पतालका रूपमा सञ्चालनमा थियो ।
२०२९ सालदेखि भने त्रिभुवन विश्वविद्यालय चिकित्सा शास्त्र अध्ययन संस्थान अन्तर्गत आङ्गिक क्याम्पसका रूपमा सञ्चालनमा रहेको छ । आयुर्वेद क्याम्पस अहिले कीर्तिपुरमा सरेको छ । आज धनवन्तरीको पूजा, आराधना गर्ने कार्यक्रम तय भएको आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागका महानिर्देशक श्यामबाबु यादवले जानकारी दिनुभयो ।
आयुर्वेद क्षेत्रका व्यक्तिको पहलमा २०५६ सालदेखि धन्वन्तरी जयन्तीको दिनलाई आरोग्यता दिवसका रूपमा मनाउन थालिएको हो । धन्वन्तरी जयन्तीका अवसरमा आज सिंहदरबार वैद्यखाना विकास समिति, आयुर्वेद अस्पताल नरदेवी, आयुर्वेद क्याम्पस कीर्तिपुर, नेपाल संस्कृत विश्वविद्यालयको आयुर्वेद क्याम्पस दाङ, जडिबुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेड कोटेश्वर र निजी क्षेत्रबाट खुलेका आयुर्वेद अस्पतालमा विविध कार्यक्रम गरिन्छ ।
विगतको तुलनामा पछिल्लो समय आयुर्वेदिक औषधिको माग चार गुणासम्म बढेको सिंहदरबार वैद्यखाना विकास समितिले जनाएको छ । समितिले उत्पादन गरेका आयुर्वेद औषधीको माग अत्यधिक हुने गरेको छ ।

प्रधानमन्त्री राहत कोषमा १६ लाख ४० हजार सहयोग
नवलपुर, कात्तिक २१ । ठमेल पर्यटन विकास परिषद्ले प्रधानमन्त्री राहत कोषमा रु १६ लाख ४० हजार २१८ आर्थिक सहयोग गरेको छ । परिषद्ले गत भदौ १० गते रसुवाको

सर्वोच्चका लागि सिफारिस चार न्यायाधीशको नाम सर्वसम्मत अनुमोदन
नवलपुर,कात्तिक २१ । संघीय संसद्को संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्तिका लागि सिफारिस भएका चार जनाको नाम सर्वसम्मतिले

आज हिमाली र पहाडी क्षेत्रमा आंशिक बादल
नवलपुर,कात्तिक २१ । आज देशका हिमाली र पहाडी क्षेत्रमा आंशिक बादल लागेको छ । तराईसहित उपत्यका तथा खोँचहरूमा अहिले बिहानपख थोरै ठाउँमा हुस्सुरकुहिरो








प्रतिकृया दिनुहोस