-->

आज हिमाली र पहाडी क्षेत्रमा आंशिक बादल

Nawalpurfm

नवलपुर,कात्तिक २१ । आज देशका हिमाली र पहाडी क्षेत्रमा आंशिक बादल लागेको छ । तराईसहित उपत्यका तथा खोँचहरूमा अहिले बिहानपख थोरै ठाउँमा हुस्सुरकुहिरो लागेको छ । अरु बाँकी ठाउँमा मौसम सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली साथै कोशी, बागमती, गण्डकी प्रदेशका पहाडी एकरदुई ठाउँमा हल्का वर्षारहिमपातको सम्भावना छ ।

त्यस्तै आज राति कोशी र गण्डकी प्रदेशको हिमाली र पहाडी साथै बाँकी हिमाली भागमा आंशिक बादल लाग्ने महाशाखाले जनाएको छ । कोशी प्रदेशको हिमाली एक/दुई ठाउँमा हल्का वर्षा र हिमपातको सम्भावना छ ।

भोलि लक्ष्मीपूजाको दिन दिनभर मौसम घमाइलो भए पनि बेलुका कर्णाली तथा लुम्बिनी र गण्डकीका उपल्लो क्षेत्रमा बदली र हल्का वर्षाको सम्भावना छ ।

मौसमका जानकार उज्ज्वल उपाध्यायकाअनुसार भोलि बेलुका विशेष गरी जुम्ला, कालिकोट, रुकुम पूर्व र पश्चिम अनि बागलुङमा हल्का वर्षाको सम्भावना रहेको र तिहारका अरु बाँकी दिनमा मौसम घमाइलो हुनेछ ।

प्रतिकृया दिनुहोस
Nawalpurfm

प्रधानमन्त्री राहत कोषमा १६ लाख ४० हजार सहयोग

नवलपुर, कात्तिक २१ । ठमेल पर्यटन विकास परिषद्ले प्रधानमन्त्री राहत कोषमा रु १६ लाख ४० हजार २१८ आर्थिक सहयोग गरेको छ । परिषद्ले गत भदौ १० गते रसुवाको

Nawalpurfm

सर्वोच्चका लागि सिफारिस चार न्यायाधीशको नाम सर्वसम्मत अनुमोदन

नवलपुर,कात्तिक २१ । संघीय संसद्को संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्तिका लागि सिफारिस भएका चार जनाको नाम सर्वसम्मतिले

Nawalpurfm

आज धन्वन्तरी जयन्ती एवं आरोग्यता दिवस मनाइँदै

नवलपुर,कात्तिक २१ । हरेक वर्ष कात्तिक कृष्ण त्रयोदशीका दिन मनाइने धन्वन्तरी जयन्ती एवम् आरोग्यता दिवस आज विभिन्न कार्यक्रम गरी मनाइँदैछ । वन

↑