-->

आज काग तिहार मनाइँदै

Nawalpurfm

नवलपुर,कात्तिक २१ । कात्तिक कृष्ण त्रयोदशीका दिन आज यमराजको दूतका रूपमा कागलाई खानेकुरा खान दिएर काग तिहार मनाइँदैछ । यमराजले लोकको खबर कागका माध्यमबाट थाहा पाउने भएकाले कागलाई यमदूतका रूपमा मान्ने शास्त्रीय मान्यता छ ।

कागले यमराज समक्ष राम्रो खबर लगिदियोस् भनेर आजका दिन कागलाई पूजा आराधनासहित मीठो खान दिई खुशी पार्ने गरिएको हो । लोक व्यवहारमा काग घरमा आई कराएमा शुभ बोल, शुभ बोल भनी भन्ने चलन छ । काग घर वरपर आई कराएमा उसले केही खबर लिएर आएको विश्वास गरिन्छ ।

यस अवसरमा काठमाण्डौको कागेश्वरी मनोहरा नगरपालिका–१ को कागेश्वरी महादेव मन्दिरमा आज विशेष पूजा आराधना हुने गर्छ । यसैगरी हनुमानढोकाको कागेश्वरी मन्दिरमा पनि कागको विशेष पूजा आराधना गरिन्छ ।

यस वर्ष तिथिको घटबढका कारण सायंकालमा कात्तिक कृष्ण त्रयोदशी परेका दिन शुरु हुने यमपञ्चक हिजो बेलुकीदेखि नै शुरु भएको छ । यमदीप दान हिजोदेखि नै शुरु भएको हो । गरगहना एवम् तामाका भाँडाकुँडा किन्ने धनतेरस पर्व हिजो नै मनाइएको छ ।

भोलि नरक चतुर्दशी, कुकुर तिहार र लक्ष्मीपूजा परेको छ । पर्सि २३ गते गाईपूजा तथा २४ गते गोवर्धन पूजा, गोरुपूजा, बलिपूजा, हलितिहार तथा म्हपूजा मनाइनेछ । २४ गतेदेखि नेपाल संवत् ११४७ पनि शुरु हुनेछ ।

यमपञ्चकको अन्तिम दिन अर्थात् २५ गते बुधबार यमद्वितीया तथा भाइटीका मनाइन्छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार भाइटीकाका लागि बिहान ११ बजेर ७ मिनेटको साइत उत्तम छ ।

प्रतिकृया दिनुहोस
Nawalpurfm

प्रधानमन्त्री राहत कोषमा १६ लाख ४० हजार सहयोग

नवलपुर, कात्तिक २१ । ठमेल पर्यटन विकास परिषद्ले प्रधानमन्त्री राहत कोषमा रु १६ लाख ४० हजार २१८ आर्थिक सहयोग गरेको छ । परिषद्ले गत भदौ १० गते रसुवाको

Nawalpurfm

सर्वोच्चका लागि सिफारिस चार न्यायाधीशको नाम सर्वसम्मत अनुमोदन

नवलपुर,कात्तिक २१ । संघीय संसद्को संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्तिका लागि सिफारिस भएका चार जनाको नाम सर्वसम्मतिले

Nawalpurfm

आज धन्वन्तरी जयन्ती एवं आरोग्यता दिवस मनाइँदै

नवलपुर,कात्तिक २१ । हरेक वर्ष कात्तिक कृष्ण त्रयोदशीका दिन मनाइने धन्वन्तरी जयन्ती एवम् आरोग्यता दिवस आज विभिन्न कार्यक्रम गरी मनाइँदैछ । वन

↑