-->

सोमवारदेखि बढ्न थालेको सुनचाँदीको भाउ आज घट्यो

Nawalpurfm

नवलपुर, कात्तिक २० । हिजो बिहीवार एकैदिन तोलामा १३ हजार ३०० रुपैयाँले बढेको सुनको भाउ आज घटेको छ । आज सुन तोलाको २ लाख ८३ हजार रुपैयाँ र चाँदी तोलाको ३ हजार ८१० रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

हिजो सुनको भाउ तोलाको २ लाख ८८ हजार ९०० रुपैयाँ र चाँदीको भाउ तोलाको ३ हजार ९२० रुपैयाँ थियो । हप्ताको पहिलो दिन आइतवार तोलामा ८ हजार ३०० रुपैयाँले घटेको सुनको भाउ सोमवारदेखि बढ्न थालेको हो ।

आइतवार तोलाको २ लाख ७२ हजार रुपैयाँमा कारोबार भएको सुनको भाउ सोमवार २ लाख ७४ हजार ३०० रुपैयाँ पुगेको थियो ।

मंगलवार सुनको भाउ २ लाख ७५ हजार र अस्ति बुधवार सुनको भाउ २ लाख ७५ हजार ६०० रुपैयाँ पुग्यो ।

हिजो एकैदिन १३ हजार ३०० रुपैयाँले बढेर सुनको भाउ तोलाको २ लाख ८८ हजार ९०० रुपैयाँ पुगेकोमा आज फेरि ५ हजार ९ सय रुपैयाँले घटेर २ लाख ८३ हजार रुपैयाँ भएको हो ।

प्रतिकृया दिनुहोस
Nawalpurfm

बेरुजु साढे १० अर्ब नाघ्यो, १ वर्षमा झन्डै डेढ अर्बले बढ्यो

नवलपुर, कात्तिक १९ । सरकारी निकायहरूमा वित्तीय अनुशासन कमजोर बन्दै जाँदा बेरुजु रकम उल्लेख्य रूपमा बढेको छ । महालेखा नियन्त्रक कार्यालयले

Nawalpurfm

शेयर बजार दोहोरो अङ्कले घट्यो

नवलपुर, कात्तिक १९ । शेयर बजार आज दोहोरो अङ्कले घटेको छ । शेयर बजार परिसूचक नेप्से आज १२.९५ अङ्कले घटेर २ हजार ६५२.५८ विन्दुमा झरेको छ । आज

Nawalpurfm

सुनको भाउ आज एकैदिन तोलामा १३ हजार ३०० रुपैयाँले बढ्यो

नवलपुर, कात्तिक १९ । सुनको भाउ आज बिहीबार तोलामै १३ हजार ३०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार भाउ बढेर सुन आज तोलाको २ लाख

↑