-->

सुरक्षा निकायका प्रमुखसँग प्रधानमन्त्री शाहको ‘ब्रिफिङ’

Nawalpurfm

नवलपुर, कात्तिक १९ । प्रधानमन्त्री वालेन्द्र शाहले देशको पछिल्लो शान्ति–सुरक्षाको अवस्थाबारे सुरक्षा निकायका प्रमुखहरूसँग ब्रिफिङ लिनुभएको छ ।

प्रधानमन्त्री शाहले आज सिंहदरबारमा रहेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रधानसेनापति अशोकराज सिग्देल, नेपाल प्रहरीका महानिरीक्षक डा। मनोजकुमार केसी र सशस्त्र प्रहरी बल नेपालका महानिरीक्षक नारायणदत्त पौडेललाई बोलाएर चाडपर्वमा नागरिकको सुरक्षा तथा समग्र शान्ति–सुरक्षाको व्यवस्थापनबारे ब्रिफिङ लिनुभएको हो ।

प्रधानमन्त्रीले देशको सुरक्षालाई थप सुदृढ पार्न सेना, प्रहरी र सशस्त्रबीचको आपसी समन्वय, सूचना आदानप्रदान र सहकार्यलाई अझ प्रभावकारी बनाउन निर्देशन दिनुभएको छ ।

साथै नागरिकको जीउधनको सुरक्षामा कुनै पनि कमजोरी हुन नदिन, अपराध नियन्त्रणमा शून्य सहनशीलताको नीति अपनाउन र शान्ति–सुरक्षाको व्यवस्थालाई थप चुस्त–दुरुस्त बनाउन उहाँले सम्बन्धित निकायका प्रमुखहरूलाई निर्देशन दिनुभएको छ ।

प्रतिकृया दिनुहोस
Nawalpurfm

खाना पकाउने ग्यासको अभाव कायमै

नवलपुर, कात्तिक १९ । खाना पकाउने एलपी ग्यासको आपूर्ति सहज हुँदै गएको नेपाल आयल निगमले दाबी गरे पनि उपभोक्ताको सास्ती अझै हट्न सकेको छैन । महिनौँदेखि

Nawalpurfm

नागरिकले प्रहरीसँग भरोसा गरून्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : आईजीपी केसी

नवलपुर,कात्तिक १९ । नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) डा. मनोज केसीले नागरिकको सुरक्षा र सम्मानलाई आफूले सधैँ सर्वोपरि राख्ने प्रतिबद्धता

Nawalpurfm

भोटेकोशी बाढीमा बेपत्ता तथा मृतकको पहिचान व्यवस्थित गर्न विशेष टोली गठन

नवलपुर, कात्तिक १८ । सरकारले भोटेकोशी बाढीमा बेपत्ता तथा ज्यान गुमाएकाहरूको पहिचान व्यवस्थित गर्न विशेष टोली गठन गरेको छ । संसदीय समितिको बैठकमा

↑